नेपालले आज ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्दैँ

नेपालले आज ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्दैँ

  • शनिबार, साउन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ, ५ साउन ।

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ । ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ ।

सन् १८८७ मा स्थापना भएको ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । ४ सयभन्दा बढी सदस्य रहेका यो क्लवले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय टिमहरुसँग खल्ने गरेको छ ।

यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।
नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लड्र्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ