एसियन गेम्सको तयारीका लागि २३ वर्ष मुनिको नेपाली फुटबल टोली थाईल्याण्ड जाने

एसियन गेम्सको तयारीका लागि २३ वर्ष मुनिको नेपाली फुटबल टोली थाईल्याण्ड जाने

  • शुक्रबार, साउन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि २३ वर्ष मुनिको नेपाली फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ । एसियाडमा सहभागि हुने टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाको प्रस्तावलाई थाइल्यान्ड फुटबल संघले स्वीकार गरेपछि नेपली टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र युनिभर्सिटी स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । नेपाली टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । अहिले नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको अभ्यास गरिरहेको छ ।

एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । जसमा २३ बर्षमाथिका ३ खेलाडी राख्न पाउने व्यवस्था छ । यसपटक सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर रोहित चन्द र स्ट्राईकर भरत खवासलाई टोलीमा समावेश गरिएको छ ।

एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह ‘डी’ मा परेपनि प्रतियोगितामा सिरिया र प्यालेस्टाइनलाई पनि समावेश गर्नुपर्ने भएका कारण फेरी खेल तालिका सार्वजनिक गरिने एसियाड आयोजक कमिटिले जनाएको छ । एसियन गेम्सको १८ औं संस्करण यही भदौं २ गतेदेखि इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ