जियोग्राफिकल मिस्टेक

जियोग्राफिकल मिस्टेक

  • बिहिबार, साउन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

केहि समय अगाडि ,

फेसबुकको भित्तामा झुन्डिएको शब्द

” जियोग्राफिकल मिस्टेक ” मा ,

मेरो ध्यान गयो,

देख्दा साधारण ,

तर आफैंमा गहन अर्थ बोकेको शब्द जियोग्राफिकल मिस्टेक ।।

 

इतिहासको पानामा फर्केर हेर्दा ,

राजा राम शाह ,

जसले “न्याय नपाए गोरखा जानु ” भनेर झ्याली पिटे ,

सायद , उनी आफैँमा एक जियोग्राफिकल मिस्टेक थिए ।

देश एकीकरण गर्ने पृथ्वी नारायण शाह ,

अनि ढुङ्गा र गुलेलिले ,

मातृभुमिको रक्षाको निम्ति युद्ध लडेका ,

सम्पुर्ण बहादुर गोर्खाली ,

पनि सायद जियोग्राफिकल मिस्टेकनै थिए ।

 

महाकवी देवकोटा ,

जियोग्राफिकल मिस्टेकका सर्वोच्च शिखर थिए ,

त्यसैले पागल उपनामले सजिए ,

“यो हल्लै हल्लाले चलेको देश हो ”

भन्ने भुपी शेरचन पनि सायद जियोग्राफिकल मिस्टेकनै थिए ।

 

एवम् रितले ,

बदलिरहेको समय ,

पन्चायत , प्रजातन्त्र …..लोकतन्त्र…

अनि गणतन्त्र ….

सायद यी शब्दहरुले पनि ,

जियोग्राफिकल मिस्टेककै आधारमा ,

नेपाली शब्दकोषमा स्थान पाए ।

 

म आजको वर्तमान समाजलाई हेर्छु ,

भ्रष्टाचार , अन्याय , र कोलाहलमा

फसेको देशलाई हेर्छु ,

हरेक दिन ,

जियोग्राफिकल मिस्टेकलाई आधार बनाएर ,

बाहिरिरहेका विद्यार्थी हेर्छु ,

अनुसन्धान, सोधपत्रलाई फोटोकपी सँग दाज्ने ,

बिज्ञ प्रहरी प्रशासनलाई हेर्छु ,

अरब र खाडीमा पसिना बगाइरहेका ,

अन्य नेपाली जियोग्राफिकल मिस्टेकलाई हेर्छु ,

र पसिना बगाउन ,

हातमा पासपोर्ट बोकेर ,

त्यही लाइन पछ्याउन उब्बिएका अरु दाजुभाइलाई हेर्छु ।

 

वाह ! मेरो देश

वाह ! मेरो सरकार ,

बधाई छ तिमिलाई ,

आज लाखौं जियोग्राफिकल मिस्टेकका श्रम ,

र उनिहरुले पठाएको रेमिटेन्सको भरमा ,

आज मेरो देशको झन्डा फर्फराइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी