एजेन्सी, साउन २ ।
इण्डियाबिरुद्धको वान डे सिरिज घरेलु टोली ईङल्याण्डले जितेको छ । तेस्रो तथा निर्णायक वान डेमा गएराती ८ विकेटको प्रभवशाली जित निकाल्दै ईङल्याण्डले तीन म्याचको सिरिज २–१ ले जि निकालेको हो ।
२ सय ५७ रनको लक्ष्य ईङलीस टोलीले ३३ बल अगाबै २ विकेट गुमाएर भेट्टायो । जोए रुटले अबिजित १ सय रन बनाउँदा कप्तान ईयोन मोर्गन ८८ रनमा नट आउट रहे । ओपनर जोनी ब्रेस्ट्रोले ३० रनको योगदान गरे ।
यसअघि लिड्समा पहिले ब्याटिङ गरेको भ्रमणकारी इण्डियाले निर्धा्रित ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रनको मध्यम योगफल तयार पारेको थियो । कप्तान बिराट कोहलीले ७१ रन बनाएको ईनिङ्समा शिखर धवनले ४४ र महेन्द्रसिंह धोनीले ४२ रन जोडे ।
आदिल रसिद र डेभिड विल्लीले समान ३–३ विकेट लिएपछि इण्डिया मध्यम योगफलमा सीमित भएको थियो । रसिद म्यान अफ दि म्याच भए भने प्लेयर अफ दी सिरिजको उपाधि जोए रुटले पाए ।
ईङल्याण्ड भ्रमणका क्रममा दुई राष्ट्रबीच ५ म्याचको टेष्ट सिरिज समेत हुनेछ । पहिलो टेष्ट साउन १६ गते बर्मिङ्घममा सुरु हुनेछ ।