वाहियात प्रश्न !

वाहियात प्रश्न !

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.6K
    SHARES

फूल सुन्दर कि जून ?
यो प्रश्न सोध्यो कसैले 
भोकै सुतिरहेको मानिसलाई
ऊ रोटी संझेर सुतिरहेको थियो
प्रश्न फेरि दोहोरियो
उही अल्लारे प्रश्न
भोको मान्छेले जवाफ दियो-
वाहियात प्रश्न !
रोटी ! रोटी सुन्दर देखिन्छ !!

जाडोले काँपिरहेको मानिसलाई
एउटी सुन्दरीले सोधिन –
मेरा गाला मन पर्छन कि आँखा ?
त्यो मानिसले भन्यो-
मलाई दुवै मन पर्दैन !
अनि ओठ मन पर्छ कि छात्ती ?
प्रश्न फेरि ठडियो
काँप्तै गरेको मानिस चिच्यायो-
वाहियात केटी !
भाग यहाँबाट
मलाई तेरो केही मन पर्दैन !
के मन पर्छ त के ?
केटी पनि कस्सिई
तिमीसँग आगो छ आगो ?
सलाई छ हुन्छ ?
हुन्छ निकाल
उसले सलाई कोर्यो र आगो वाल्यो
केटी एक टक लगाएर हेरिबसी
पूरै सरीर तातिसकेपछि
भन्यो त्यो मानिसले –
अव सोध मलाई के मन पर्छ भनेर
मलाई तेरो सवै कुरा मन पर्छ
हेर केटी समय अनुसार
प्रश्नहरू पनि वाहियात हुन्छन् !

विमानस्थलमा भेटिएकी
एक नौजवान युवतीलाई
एउटा पत्रकारले सोध्यो-
तिमीलाई देश मन पर्छ कि परदेश ?
युवतीले घुरेर हेरिन, बोलिनन्
पत्रकारले फेरि सोध्यो –
भन्नुस न वैनी तपाईलाई
देश मन पर्छ कि परदेश
रिसले चुर भएकी युवतीले भनिन-
मलाई तेरो बाऊ मन पर्छ !
पत्रकार अल्मलियो
यो कस्तो वाहियात जवाफ हो
उसले बुझिरहेको थिएन
ती युवतीले मन पराएको
पत्रकारको बाउ थिएन
वरु आफ्नो
हाताहाती जिन्दगी थियो !

भोलिपल्टको पत्रिकामा
भित्री पृष्ठमा छापियो –
“विदेश उड्न लागेकी युवतिले
पत्रकारको बाउ मन पराएपछि
विमानस्थलमा हङ्गामा !”

यसरी मानिसहरू
वाहियात प्रश्न सोधेर
जिन्दगी काटिरहेछन्

-बलराम तिमिल्सिना

२०७५|०१|०६
ढल्को

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी