एजेन्सी, साउन १ ।
यसै साता १०० मिलियन पाउण्डमा इटालियन क्लब युभेन्ट्समा भित्रिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई क्लबले पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
युभेन्टसले रोनाल्डोलाई यसै साता स्पेनिस क्लब रियल मड्रिडबाट हरेक सिजन ३० मिलियन पाउण्ड दिनेगरी चार वर्षको लागि अनुबन्ध गरिएको हो ।
रोनाल्डोले युभेन्ट्समा आफ्नो ट्रेडमार्क जर्सी ७ नम्बरको जर्सी लगाउने छन् । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल मड्रिड क्लब आएका रोनाल्डोले रियलसँगको अनुबन्ध सम्झौता ३ वर्ष बाँकी छँदै युभेन्ट्स गएका हुन् ।
९ वर्ष रियलमा बिताएका रोनाल्डोले गएको सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए ।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वा्धिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका छन् ।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८, १३, १४ र १६ मा बालोन डी’ओर जितेका थिए ।
रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारेका थिए । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप,दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।