तिज आयो भनेर रमाउँने हामी !
हामीभन्दा रमाउँने साहु हरामी !
उस्कै बिक्छ सिन्दूर पोते उस्कै बिक्छ गहना !
हामी छोरी चेलीको त हाँस्ने बहाना !
तिजको कहर आयो बरिलै -2
धनी छोरी चेलीहरू पाँचतारे होटलमा !
हिन्दी गीत घन्काएर मस्त रक्सी बोतलमा !
गरिवका छोरी चेली काम गर्दै हैरान !
दुई थरि तिजको सुन कैरन !
तिजको कहर आयो बरिलै-2
हाम्लाई भन्दा बजारलाई तीज पैले आउँछ !
तिज मान्नै पर्छ भनी उर्दी लाउँछ !
पैले पैले यही तिज थियो राम्रो संस्कृति
ऐले भने साहु जीलाई पोस्ने विकृति !
तिजको कहर आयो बरिलै -2
वर्ष दिनमा दुख पोख्ने चाड थियो पैले त !
केटी मान्छे बरालिने चाड भयो ऐले त !
हाम्रो चाडबाडभित्र छिर्यो खुनी बजार !
के थाहा र षडयन्त्र हुन्छ हजार !
तिजको कहर आयो बरिलै-2
संस्कृतिमा विकृतिले डेराडण्डा जमायो !
हाम्लाई पनि विकृतिले च्याप्पै समायो !
बजारले जे जे भन्छ त्यही गर्न थालियो !
न्याउरी मुसो लखेटियो सर्प पालियो !
तिजको कहर आयो बरिलै !
२०७५|०२|१८
सल्लाघारी