पाठ्यक्रममा नारायणमान बिजुक्छे

पाठ्यक्रममा नारायणमान बिजुक्छे

  • शनिबार, असार ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

भक्तपुर ,असार ३० ।

भक्तपुर नगरपालिकाभित्रका विद्यालय पुग्नुभयो भने तपाईंका लागि ६ कक्षामा भइरहेको पढाइले ध्यान तान्ने छ । भक्तपुरमै जन्मिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको व्यक्तित्वबारे कक्षा ६ का विद्यार्थी सिकिरहेका हुनेछन् ।

तत्काल पुग्नुभयो भने शिक्षकसँग पाठ्यपुस्तक हुनेछैन । भक्तपुर नगरपालिकाले फ्रेममा राखेर दिएको बिजुक्छेको तस्वीर देखाएर विद्यार्थीहरु चिन्दै हुनेछन् ।

राजधानी दैनिक लेख्छ– अलि पछि चाहिँ पाठ्यपुस्तकमै उनको जीवनी पढ्न पाइनेछ । जीवनी लेखनकै चरणमा रहेकाले अहिले बिजुक्छेसहित भक्तपुरका विभिन्न विधाका १५ व्यक्तित्व स्थानीय पाठ्यक्रमका सिकाइका विषय बनेका छन् । सबैका तस्वीर भने भक्तपुरका ९२ वटै विद्यालयमा पुगिसकेका छन् ।

भक्तपुरका विद्यालयमा बिजुक्छेसहित राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी