लोडसेडिङको एक झलक

लोडसेडिङको एक झलक

  • बिहिबार, असार २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

हिजो,

 

झ्याप्प…….

ल है बत्ती गयो….

तल बसेका काकाले झ्याली पिटे ,

र अन्धकारलाई बोलाएर ,

आफ्नो उपस्थिति दर्शन दिन ,

आए लोडसेडिङ ।

 

आज,

 

झ्याप्प……पिलिक….पिलिक…झ्याप्प…..

र फेरि सुरुभयो अन्धकार ,

आफ्नो मोबाइलको सकिदै गएको चार्ज ,

र झोक्राइरहेको ल्यापटप हेरेर ,

टुलुटुलु हेरिरहेको ,

उ एक लोडसेडिङ भक्त ,

आज फेरि बाध्य छ , लोडसेडिङको दर्शन गर्न ।

 

भोलि ,

 

हिजो देखी ,

लोडसेडिङले आफ्नो उपस्थिति बाक्लो जनाएको छ ,

त्यसैले, सबैतिर छ  झ्याप्प….

झोक्राएर म्याउँ म्याउँ गरिरहेका ,

मोबाइल , ल्यापटप , र अन्य उपकरणमा ,

आक्रोश पोख्दै ,

आफ्नो समय बर्बाद गरिरहेको ,

उ एक सामान्य नागरिक ,

आज पुनः  लोडसेडिङको जयजयकार गरिरहेको छ ।

 

अन्तत:

 

घडीको काँटा घुमिरहेको छ ,

दिन ढलिरहेको छ ,

रातले छोपिरहेको छ ,

अस्तब्यस्त छन उसका सबै काम ,

र साथमा शुन्यमा विलीन भएका छन ,

उसका सबै विद्युतीय उपकरण ।

धन्य छौ तिमी लोडसेडिङ ,

आफ्नो अन्धकारमय दर्शनले ,

हर नेपालीको मन उज्यालो पारिरहेको छौ ।

जनता यहाँ कर तिरिरहेका थिए ,

तिरिरहेका छन ,

र पुनः तिरिनैरहनेछन  ।

त्यसैले आउ तिमी बेलामौकामा ,

घुमफिर गर्दै ,

अनि दर्शन देउ आफ्नो

र धन्य बनाउ जनतालाई ,

जय होस तिम्रो लोडसेडिङ ।।

 

-अर्जुन दाहाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी