विश्वकपमा आज इङल्यान्ड र क्रोएसिया भिड्दै, फाइनल पुग्ने दोस्रो टिममा को बलियो ?

विश्वकपमा आज इङल्यान्ड र क्रोएसिया भिड्दै, फाइनल पुग्ने दोस्रो टिममा को बलियो ?

  • बुधबार, असार २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, असार २७ ।

रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्यान्ड र क्रोएसिया भिड्दैछन् ।

यी दुई टोलीबीचको खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

आजको विजेताले उपाधिका लागि आइतबार राती सोही रंगशालामा फ्रान्ससँग खेल्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ ।

ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ । जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ ।

उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ ।

रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका ईभा राकिटिच जस्ता मिडफिल्डरहरुले क्रोएसियन टोलीलाई विश्वस्तरका बनाएका छन् ।

यी दुई टोलीहरुको हेड टु हेड रेकर्ड हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ ।

दुई टोली एक आपसमा ८ पटक भिडेका छन् । जसमा इङ्ल्यान्ड ४ पटक विजयी भएको छ भने क्रोएसिया दुई पटक विजयी भएको छ ।

बाँकी दुई खेल बराबरीमा सकिएका छन् ।

यसअघि गएराति भएको खेलमा बेल्जियमलाई १ –० ले पराजित गर्दै प्रान्स फाईनलमा प्रवेश गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ