नम्रतामा कोही आफुभन्दा अगाडि नहोस भन्थे लिंकन

नम्रतामा कोही आफुभन्दा अगाडि नहोस भन्थे लिंकन

  • बुधबार, असार २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

अमेरिकाका सोह्रौँ राष्ट्रपति अमेरिकाबाट दासप्रथा अन्त्य गरेकाले मात्रै चर्चित भएका होइनन् । उनी हरेक कोणबाट चर्चायोग्य थिए । उनका हरेक क्रियाकलाप प्रशंसा तथा चर्चाका विषय बन्ने गर्थे ।

एकपटक उनी आफ्नो घोडागाडीबाट कुनै कार्यक्रममा सहभागी बन्न कार्यक्रम आयोजना स्थलतर्फ गइरहेका थिए । उनको अघिपछि सुरक्षाकर्मी पनि घोडामै सवार भएका थिए ।

लिंकन बाटाका दायाँ–बायाँका सुन्दर दृश्यावलोकन गर्दै गइरहेका थिए । बाटामा हिँडिरहेका मानिसले उनलाई अभिवादन गरिरहेका थिए । उनी पनि तिनलाई त्यसैगरी अभिवादन फर्काइरहेका थिए ।

यस्तैमा बाटाको एक छेउमा काम गरिरहेका एक सामान्य मजदुरले उनलाई केही झुकेर अभिवादन गरे । उनको त्यस अभिवादनको जवाफमा अब्राहम लिंकनले पनि त्यसैगरी उनले भन्दा केही बढी नै झुकेर अभिवादन फर्काए ।

राष्ट्रपतिको चाला नजिकबाट देखेका उनका एकजना साथीले पछि कार्यक्रम स्थलमा एकान्त पाउनासाथ उनलाई यस विषयमा प्रश्न गरे । ती साथीले लिंकनलाई सोधे, ‘तपाईंले ती साधारण मजदुरलाई यति धेरै झुकेर किन अभिवादन फर्काउनुभएको हो ?’

साथीको प्रश्न सुनेपछि अब्राहम लिंकन मुसुक्क मुस्कुराए अनि गम्भीर आवाजमा जवाफ दिए, ‘म चाहन्नँ कि नम्रतामा कोही मभन्दा अगाडि जाओस् । त्यसैले मैले उनलाई उनीभन्दा केही बढी नै झुकेर अभिवादन गरेको हुँ ।’

लिंकनको यस्तो जवाफ सुन्दा उनका ती साथीको टाउको श्रद्धाले लिंकनसामु झुक्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी