विश्वकपमा बाजी लगाउने ३ जना पक्राउ

विश्वकपमा बाजी लगाउने ३ जना पक्राउ

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, असार २६ ।
विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ