विश्वकपको पहिलो सेमिफाईनलमा आज फ्रान्स र बेल्जियम भिड्ने, कस्को सम्भावना कति ?

विश्वकपको पहिलो सेमिफाईनलमा आज फ्रान्स र बेल्जियम भिड्ने, कस्को सम्भावना कति ?

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

काठमाडौं, असार २६ । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल चरणका खेल आजबाट सुरु हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।

क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

एक पटकको उपाधि विजेता आज हुने सेमिफाइनल जित्दै१२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ । फ्रान्स पछिल्लो पटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो ।

उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ ।

फ्रान्स र बेल्ज्यिमको हेड टु हेड रेकर्ड हेर्दा बेल्जियम बलियो देखिन्छ ।

यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन् । जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ ।

१९ खेल बराबरीमा टुंगिएका छन् । दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो ।

फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा भोलि इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन् ।

इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ