मृत्युपछि

मृत्युपछि

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

अन्तर्मनका तरल तरङ्गहरु

जब चोरझैँ  सुटुक्क आएर

अनावरण गर्दछन आँखासामु ,

तब हिजोको नायक उ ,

एकछिन टोलाउँछ

नियन्त्रण बाहिरको मस्तिष्कलाई

सान्त्वना दिन्छ ,

र केहिबेरमै झ्याप्प……

उ हराउँछ चकमन्न अन्धकारमा ।

 

नझार आँसु तिमी

उ पत्थर बन्यो ,

अब पल्टिने छैनन् तिम्रो तस्वीरहरु ,

फुल चुडेर पत्थर पुज्न पल्केको

तिमो समाज ,

आज मनाइरहेको छ

धुमधामसंग प्रतिघातका चाडहरु ।

फर्किनेछैन अब उ ,

किनकी इतिहास साक्षी छ

मुना र मदनको बीचमा सधैं ल्हासा हुन्छ ।

मृत्युपछी पनि  निरन्तर चम्किरहेको ,

उ सातौ ब्रह्माण्डको ध्रुबिय तारा हो।

तिम्रो चक्रब्युहमा फसेर

प्रतिज्ञाबद्ध रहन सफल ,

उ महायोद्धा भीष्म हो ।

जमिनतिर लोलाएका आँखा ,

दबिएको झरी ,

घाँटीमा डोरीको डाम

र हातमा चिट्ठी ,

अनगिन्ती यात्राबाट थकित

उसले लगाएको छ आँफैलाई पुर्णविराम ।

-अर्जुन दाहाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी