अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालयको छैटौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चापागाईं

अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालयको छैटौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चापागाईं

  • आइतवार, असार २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

काठमाण्डौ, २४ असार ।
अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालयको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । आईतवार सम्पन्न सम्मेलनले मदन चापागाईंको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।
जसमा उपाध्याय रोशन बोहरा, सचिव विपि भट्ट, सहसचिव कृष्ण बटाला र कोषाध्यक्षमा कृष्ण केसी निर्वाचित भएका छन् ।

संगठनका केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकाल, काेषाध्यक्ष नरेन्द्र बि क लगायतकाे उपिस्थतीमा सम्मेलन सम्पन्न भएकाे हाे ।
यसैबीच अखिल (क्रान्तिकारी)ले यसअघि राष्ट्रिय सम्मेलनताका समय अभावका कारण रोकिएका जिल्ला सम्मेलनहरु पनि धमाधन सम्पन्न गर्न थालेको छ ।
यसै क्रममा आज त्रिभुवन विश्वविद्यालयको छैठौ जिल्ला सम्मेलन भएको हो ।


अझै केहि जिल्लामा सम्मेलन गर्न बाँकी रहेकाले क्रमिक रुपमा सम्मेलन गर्ने र संगठन बिस्तार तथा गठनका कामहरु पनि अघि बढााउने संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क ले जानकारी दिनुभयो ।
मनोमानि रुपमा बृद्धि गरिएको शुल्क बृद्धि फिर्ता लगायतका बिभिन्न शैक्षिक मुद्दाहरु अघि सार्दै अखिल (क्रान्तिकारी)ले पछिल्लो समय आन्दोलन चर्काएको छ ।


फलस्वरुप शिक्षा मन्त्रालय, प्याप्सन, एन प्याप्सन र नौ बिद्यार्थी संगठनबीच असार १८ गते राति करिव सात घण्टा भएको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क एक महिनाभित्र फिर्ता वा समायोजन गर्ने लगायतका नौ बुदे सहमति भएपछि तत्कालका लागि आन्दोलन फिर्ता लिएका छन् ।

अखिल (क्रान्तिकारी)काे राष्ट्रय सम्मेलन गत फागुन २८ देखि २९ गते सम्म दाङमा सम्पन्न भएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी