गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई मस्कोमा हुने विश्वकपको फाइनल खेल हेर्न फिफा अध्यक्षको निम्तो

गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई मस्कोमा हुने विश्वकपको फाइनल खेल हेर्न फिफा अध्यक्षको निम्तो

  • शनिबार, असार २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले थाइल्याण्डको गुफामा फसेका बालकहरुको फुटबल टिमलाई विश्वकपको फाइनल खेल हेर्न आमन्त्रण गरेका छन् ।थाइल्याण्डका ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडी र प्रशिक्षक २३ जुनदेखि एउटा गुफामा फसिरहेका छन् ।

इन्फान्टिनोले विश्वकप फुटबल २०१८ को फाइनलभन्दा अगाडि नै बालकहरु र फुटबल प्रशिक्षकको उद्धार भैसक्ने आशा गर्दै निम्तो पठाएका हुन् । फिफा अध्यक्षले १५ जुलाईमा मस्कोमा हुने फाइनल खेलमा गुफामा फसेका ‘वाइल्ड बोअर्स’ टिमका खेलाडी उपस्थित हुने आशा व्यक्त गरेका छन् ।

थाइल्याण्ड फुटबल संघलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘हामी आशावादी छौं कि उनीहरुले छिट्टै नै परिवारलाई भेट्ने छन् । यदि उनीहरुको स्वास्थ्य अवस्था अनुकुल भयो भने मलाई २०१८ को विश्वकप फाइनलमा उनीहरुलाई पाहुनाको रुपमा स्वागत गर्न पाउँदा निकै खुशी हुनेछ ।’ उनले अगाडि भनेका छन्, ‘मलाई आशा छ कि उनीहरु फाइनलमा हामीसँगै हुनेछन् । निःसन्देह यो एउटा उत्सव मनाउने अद्भूत क्षण हुनेछ ।’
फुटबल खेलाडी र प्रशिक्षक बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ