सजिलो छैन इंग्ल्याण्डलाई स्विडेनलाई हराउनः खेलाडि भन्छन्, क्वाटरफाईनलको खेल सहज भन्नु मुर्खता हुन्छ

सजिलो छैन इंग्ल्याण्डलाई स्विडेनलाई हराउनः खेलाडि भन्छन्, क्वाटरफाईनलको खेल सहज भन्नु मुर्खता हुन्छ

  • शनिबार, असार २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ ।
स्विडेन विश्वकप सुरु हुनुअघिसम्म दावेदार टोलीहरु मध्ये गनिन सकेको थिएन तर जब रुसमा जारी विश्वकपमा अहिलेसम्मको प्रदर्शन हेर्दा र क्वार्टरफाइनलसम्मको यात्रा विश्लेषण गर्दा उसले पनि विश्वकपको उपाधिमा आफ्नो दावेदारिता पेश गरिसकेको छ ।

ज्लाटन इब्राहिमोबीचको सन्यासपछि स्विडेनमा स्टार खेलाडीको अभाव खड्किएसँगै उसले ठूला प्रतियोगितामा स्वभाविक दावेदारी दिन सकेन ।

सन् १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज रुसको सामारा एरिनामा इंग्ल्याण्डको सामना गर्न तयार छ ।

सन् १९६६ को विजेता इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ । तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संःकरणदेखि सहज बन्न सकेको छैन ।

सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ ।

इंग्लिस डिफेण्डर जोन स्टोन्स विश्वकप उपाधिको सपना देखिरहेका छन् तर उनले बुझेका छन् कि सामारा एरिनामा सेमिफाइनल प्रवेशका लागि हुने खेलमा स्विडेनले उनको टोलीलाई ठूलो चुनौती पेश गरेको छ ।

जेनी एण्डरसनको टोलीले मंगलबारको पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । इमिल फोर्सबर्गले विश्वकपमा आफ्नो पहिलो गोल दोस्रो हाफमा गरेपछि स्विडेनले खेल जितेको हो ।

त्यसको केही घण्टापछि मस्कोको  स्पार्टाक एरिनामा एक–एक को बराबरीपछि पेनाल्टी शुटआउटमा इंग्ल्याण्डले कोलम्बियालाई हरायो ।

पछिल्ला दुई संस्करण दक्षिण अफ्रिका र ब्राजिलमा निराशाजनक प्रर्दशन पछि जारी विश्वकपको क्वार्टरफाइनलसम्मको यात्राले देशमा नयाँ आशा र अपेक्षाको सञ्चार भएको छ ।

कोलम्बियाविरुद्धको खेलमा स्टोन्सले शानदार प्रदर्शन गरेका थिए । तर स्विडेनसँगको खेल भने सहज मान्दैनन् ।उनले भनेका छन् , विश्वकपको क्वार्टरफाइनल चरणको खेललाई सहज मान्नु मुर्खता हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ