विश्वकपमा रुस विरुद्ध क्रोएसिया तथा इंग्ल्याण्ड विरुद्ध स्विडेन भिड्दै, कस्को सम्भावना कति ?

विश्वकपमा रुस विरुद्ध क्रोएसिया तथा इंग्ल्याण्ड विरुद्ध स्विडेन भिड्दै, कस्को सम्भावना कति ?

  • शनिबार, असार २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ, २३ असार ।

रुसमा जारी विश्वकप फुटवलमा आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।

सामरा एरिनामा इङ्ल्यान्ड र स्विडेन भिड्नेछन् ।

राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड तथा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा पुगेका हुन् ।

इङ्ल्यान्ड र स्विडेनबीचको यसअघिको रेकर्ड हेर्दा इङ्ल्यान्डलाई साँघुरो अग्रता छ ।

दुई टोली २४ पटक आमने सामने हुँदा इङ्ल्यान्ड ८ पटक विजयी भएको छ भने स्विडेन ७ पटक विजयी भएको छ । ९ खेल बराबरीमा टुंगिएका छन् ।

आजै राति पौने १२ बजे सोचीःिथत ओलम्पिक ःटेडियममा क्रोएसिया र रुस भिड्नेछन् ।

आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड अफ सिक्सटिनमा ःपेनलाई पाखा लगाँउदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका हुन् ।

रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ