प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि

प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, असार २१ ।
राजधानीमा आजदेखि तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ ।

भलिबलमा दुई, ब्याडमिण्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ विश्वविद्यालय २ सय ५६ खेलाडी सहभागी हुनेछन् ।

भलिबलका खेल त्रिपुरेश्वरमा रहेको कभर्डहलमा, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा तथा टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

प्रतियोगिताका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च हुने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ