राष्ट्रिय पारा भारोत्तोलनमा दीपक र ठाकुरले स्वर्ण जिते

राष्ट्रिय पारा भारोत्तोलनमा दीपक र ठाकुरले स्वर्ण जिते

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँ, २० असार  ।

राष्ट्रिय पारा भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा दीपक र ६५ केजी तौल समूहमा ठाकुरले स्वर्णपदक जितेका हुन् । त्यस्तै, ५४ केजीमा विनोदमान श्रेष्ठ दोस्रो तथा लक्ष्मीदास मघैया तेस्रो भए । छपन्न केजीमा हरिचन्द्र श्रेष्ठ दोस्रो तथा रविन्द्र पन्त तेस्रो भए ।

नयाँबजारस्थित रिभर फिल्ड फुटसल एन्ड जिम सेन्टरमा भएको उक्त प्रतियोगिताको पुरुष ७२ केजीमा दुर्गामान तामाङले स्वर्ण, निर्मल श्रेष्ठले रजत र केशव तिमल्सिनाले कांस्य हात पारे । बहत्तर केजीमाथिको तौल समूहमा आशष मानन्धर प्रथम, राजाराम सिलवाल दोस्रो र टीकाबहादुर गुरुङ तेस्रो भए ।

महिला ५५ केजीमा निर्मला भण्डारी, तुलसा थापामगर र विमला तामाङले क्रमशः शीर्ष तीन स्थान हात पारे । पचपन्न केजीभन्दा माथि टिना महर्जनले स्वर्ण, ज्योति अर्यालले रजत र लक्ष्मी घिमिरेले कांस्य हात पारे ।

विजेतालाई आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो । एकदिने उक्त प्रतियोगितामा २२ पुरुष खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिलातर्फ १० खेलाडीले दुई स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ