विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा, शुक्रवार ब्राजिल र बेल्जियम भिड्ने

विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा, शुक्रवार ब्राजिल र बेल्जियम भिड्ने

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

एजेन्सी, असार २० ।
रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । गएराति प्रि क्वाटरफाइनलको अन्तिम दुइ खेल भए सँगै प्रतियोगितको क्वाटरफाइनल समिकरण पुरा भएको हो ।

गएराति भएको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीडेन र इंङल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्वीडेनले स्वीजरल्याण्डलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

राष्ट्र स्वीडेन २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको हो । यस्तै गएराति नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै इंङग्ल्याण्डले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

क्वाटरफाइनलका खेलहरु भने आगामी शुक्रबार र शनिबार हुनेछ । आगामी शुक्रवार नेपाली समय अनुसार राति पौने ८ वजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ् ।

सोही दिन राती पौने १२ वजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । यी दुई खेलको विजेता टोली सेमिफाईनलमा भिड्नेछन् ।

यसैगरी शनिवार वेलुकी पौने ८ वजे स्विडेन र इङ्गल्याण्ड भिड्दा राती पौने १२ वजे रुस र क्रोएसियाको खेल हुनेछ् । यी दुई खेलको विजेता टोली सेमीफाईनलमा आमने सामने हुनेछन् ।

खेल तालिका हेर्दा उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियममध्ये एउटा टोली फाईनलमा पुग्नेछ भने इंग्लण्ड, स्विडेन, रुस र क्रोएसियामध्ये एक टोली फाईनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ