विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनलका खेल सकिंदै, स्विडेन र स्विट्जरल्याण्ड तथा इङ्ल्यान्ड र कोलम्बिया भिड्ने

विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनलका खेल सकिंदै, स्विडेन र स्विट्जरल्याण्ड तथा इङ्ल्यान्ड र कोलम्बिया भिड्ने

  • मङ्लबार, असार १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, असार १९ ।
विश्वकप फुटबलमा राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा स्विडेन र स्विट्जरल्याण्ड तथा इङ्ल्यान्ड र कोलम्बिया भिड्दैछन् ।

आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ ।

आज वेलुकी पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् ।

विश्वकपको समुह एफ् मा रहेको स्विडेन समुह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो ।

तेस्रो तथा अन्तिम खेलमा मेक्सिकोलाई हराउँदै स्विडेन समुहका तीन खेलबाट ६ अंक जोड्दै नक आउट चरणमा उक्लिएको हो ।

उता समुह ई मा रहेको स्विट्जरल्याण्ड समुह उपपिवजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हरायो ।

तेस्रो तथा अन्तिम खेलमा कोष्टा रिकासँग बराबरी खेल्दै स्विट्जरल्याण्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

आजै राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ ।

समूह जी मा रहेको इङ्ल्यान्ड उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा ट्युनिसियालाई हराएको इङ्ल्यान्डले दोस्रो खेलमा पानामालाई पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएपछि ६ अंकसहित समूह उपविजेताको रुपमा इङ्ल्यान्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

उता, लेटिन अमेरिकी मुलुक कोलम्बिया समुह एच को विजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

समुहको पहिलो खेलमा जापानसँग हारेको कोलम्बियाले यसपछि पोल्याण्ड र सेनेगललाई हराउँदै राउण्ड अफ सिक्सटिनमा ठाउँ पक्का गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ