रुस विश्वकपको क्वार्टरफाइनलमा पुग्यो, स्पेन पेनाल्टी शुटआउटमा ४–३ ले पराजित

रुस विश्वकपको क्वार्टरफाइनलमा पुग्यो, स्पेन पेनाल्टी शुटआउटमा ४–३ ले पराजित

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ ।

आयोजक रुस विश्वकपको क्वार्टरफाइनल पुगेको छ ।आइतबार स्पेनलाई पेनाल्टी शुटआउटमा ४–३ ले पराजित गरी रुस क्वार्टरफाइनल पुगेको हो ।

रुसले सेमिफाइनलमा प्रवेश पाउन डेनमार्क र क्रोएसिया बीचको विजेतासँग खेल्नु पर्नेछ ।

रुसका कप्तान एवंम गोलरक्षक इगोर अकिनफिभले कोके र इगो असपासको पेनाल्टी प्रहार रोक्दै घरेलु टोलीलाई अविश्नीय सफलता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको र त्यसपछिको थप ३० मिनेटको खेलमा पनि स्पष्ट नतिजा नआएपछि रुस विश्वकपको पहिलो खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

विश्वकप र युरोमा अहिलेसम्म आयोजक राष्ट्रलाई पराजित गर्न नसकेको स्पेनले १२ औं मिनेटमा भाग्यशाली अग्रता लिएको थियो । फ्रिकिकमा आएको बलमा स्पेनका कप्तान सर्जियो रामोसले गोलको दिशा तिर बढ्दा उनलाई रोक्न खोजेका ३८ वर्षे सर्जेइ इग्नासेभिचले आफ्नो पोष्टमा गोल गर्न पुगे । यस विश्वकपमा यो दशौं आत्मघाती गोल हो । गोलपछि पनि दबाब बनाइ रहे पनि स्पेनले पहिलो हाफमा पोष्टमा भने अर्को आक्रामण गर्न सकेको थिएन् ।

रुसको पनि अग्रपंक्तिमा खासै धार देखिएको थिएन् । तर एलेक्जान्डर गोलोभिनको हेड प्रहार जेरार्ड पिकेले हातले रोक्न पुगेपछि रुसले ४२ औं मिनेटमा पेनाल्टी पाएको थियो । फरवार्ड अर्टेम डजिउबाले प्रतियोगितामा आफ्नो तेस्रो गोल गर्नेक्रममा स्पेनका गोलरक्षक डेबिड डी जिआलाई विपरित दिशामा डाइभ हान्न बाध्य पारिदिए । यसले मस्को स्थित जुझनिकि रंगशालामा उपस्थित ७८ हजार दर्शकमा बाक्लो समूहमा रहेका घरेलु समर्थकलाई उत्साहित बनाएको थियो ।

६५ औं मिनेटमा डजिउबालाई परिवर्तन गरेपछि रुस बिना स्ट्राइकर खेलेको थियो र दुबै टोली बिना दौड जस्तै खेलिरहेका देखिन्थे । आफ्नो पहिचान टिकिटाकालाई आधार बनाई खेल भरी ७५ प्रतिसत बल नियन्त्रणमा राखे पनि स्पेनले रुसी गोलरक्षक अकिनफिभको अर्को परिक्षण गर्न ८५ औं मिनेट कुर्नु परेको थियो, जब बैकल्पिक इनिस्टाले गोल लक्षित प्रहार गरेका थिए । स्पेनले कुल १ हजार ६ पास खेलेको थियो । विश्वकपमा यो एउटा कीर्तिमान पनि हो ।

स्पेन २००२ को विश्वकपमा पनि सह आयोजक दक्षिण कोरियासँग नकआउट चरणमा पराजित भएको थियो । रुस जारी विश्वकप खेलिरहेका टोलीमा सबैभन्दा कम वरीयतामा ७० औं स्थानमा रहेको राष्ट्र हो । स्पेन भन्दा रुस वरीयतामा ६० स्थानले पछाडि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ