विश्वकप फुटबलमा आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्ने

विश्वकप फुटबलमा आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्ने

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, असार १७ । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका खेलमा  स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् ।

रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ ।

समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो ।

उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो ।

रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो ।

आजै राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् ।

क्रोएसिया समुह डि को विजेता तथा डेनमार्क समुह सि को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

समुह चरणमा अर्जेन्टिनालाई ३-० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो ।

उता डेनमार्कले भने पेरुलाई १-० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो ।

क्रोएसिया र डेनमार्क दुबै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ