विश्वकपमा दुई महारथी फ्रान्स र अर्जे्न्टिना भिड्दै, उरुग्वे र पोर्चुगलको खेल पनि आजैः कस्ले मार्ला बाजी ?

विश्वकपमा दुई महारथी फ्रान्स र अर्जे्न्टिना भिड्दै, उरुग्वे र पोर्चुगलको खेल पनि आजैः कस्ले मार्ला बाजी ?

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, असार १६ ।

रुसमा जारी विश्वकप फुटबलको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी दुई महारथी अर्जे्न्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ ।

अर्जे्न्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

दुई पटकको विश्व विजेता अर्जे्न्टिना तथा एक पटकको च्याम्पियन फ्रान्सविचको यो खेल निकै रोचक हुने अनुमान छ ।

अर्जे्न्टिना र फ्रान्सबीच अलिहेसम्म ११ खेल भएका छन् । जसमा अर्जे्न्टिना ६ पटक विजयी हुँदा फ्रान्सले ३ खेल जितेको छ । बाँकी २ खेल बराबरीमा सकिएका छन् ।

यस्तै आजै राती पौने १२ वजे उरुग्वे र पोर्चुगल भिड्नेछन् । उरुग्वे समुह ए को विजेताको रुपमा तथा पोर्चुगल समुह बि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

समुहका सबै तीन खेल जितेको उरुग्वेले एक गोल पनि खाएको छैन भने ५ गोल गरेको छ । दुई पटक विश्वकप जितेको उरुग्वेले १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

उता, पोर्चुगल पनि साविक युरोपियन च्याम्पियन हो । समुहको पहिलो खेलमा स्पेनसँग ३ – ३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १ – ० ले हराएको थियो ।

तेस्रो तथा अन्तिम खेलमा ईरानसँग १ – १ गोलको बराबरी खेल्दै पोर्चुगल नक आउट चरणमा पुगेको हो ।

पोर्चुगलले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन ।

उरुग्वे र पोर्चुगलले अहिलेसम्म दुई पटक भिडेका छन् । जसमा पोर्चुगल एक पटक विजयी भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ