कालो धन स्विस बैंकमा किन जम्मा गर्छन् ? संसारलाई तीनछक्क पार्ने बैंककाे गोपनियता

कालो धन स्विस बैंकमा किन जम्मा गर्छन् ? संसारलाई तीनछक्क पार्ने बैंककाे गोपनियता

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

स्वीस बैंकमा पैसा जम्मा गर्न पहिलाे राेजाइमा पर्नुकाे कारण हाे, स्विट्जरलैंड मा बैंक गोपनीयता कानूनकाे धारा 47 काे अनुसार बैंक अकाउंट खाेल्ने  खातावालाकाे गाेपनियता राखिन्छ ।

कालाे धन राख्न खाेलीने उक्त अकाउंट ब्याक्तिकाे नामबाट नभएर नंबर बाट हुन्छ । बैंकमा ‘नम्बर्ड एकाउन्ट’ हुन्छ । सबै काम एकाउन्ट नम्बरबाट मात्र हुन्छ । कसैले नाम लिदैनन् । बैंकमा नामबाट कसैको खाता पत्ता लगाउन सकिदैन । बैकमा आफ्नो सुरक्षाका लागि क्रेडिट कार्ड, डेबिट कार्ड, चेकबुक केहि पनि नलिने गरेको पाइन्छ । बैंक खाता बन्द गर्न सित्तैमा सकिने व्यवस्था समेत रहेको छ ।

स्विस नेशनल बैंकका अनुसार सन् २०१७ मा गत वर्षको भन्दा तीन प्रतिशतले बढेर एकसय लाख करोड डलर जम्मा भएको छ ।

स्विट्जरल्याण्डको बैंकमा रकम जम्मा गर्दा ग्राहक र जम्मा गरेको रकमको बारेमा गोपनियता कामय रहन्छ । तसर्थ, सबैले रुचाउँछन् । बैंकमा अन्य बैंकमा जस्तै नियमित काम हुने गरेको छ । तापनि त्यहाँको गोपनियता संसारलाई तीनछक्क पार्ने खालको छ ।

तीनसय वर्षअघि देखि बैंकले ‘सेक्रेट’ लुकाएर राखेको छ । सन् १७१३ देखि यो ग्राहकको गोपनियता कायम गर्दै आएको छ । नियमानुसार सिटी काउन्सिललाई बाहेक ग्राहकको बारेमा जानकारी दिनु अपराध मानिएको छ ।

गोपनियताका कारण संसारभरका मानिसको रकम जम्मा गर्ने स्थान बनेको छ, स्विट्जरल्याण्ड । पैसा, सुन, गरगहना या महत्वपूर्ण सामानको जम्मा गर्दा बैंकले कुनैपनि सबाल नगर्ने व्यवस्था रहेको छ ।

पछिल्लो समयमा आतंकवाद, भ्रष्टाचार, कर छलीको विषय चर्चामा आएपछि बैंकले ग्राहकको बारेमा सोधखोज गर्न थालेको छ । गैरकानुनी लागेमा खाता खोल्ने निवेदन खारेज गर्न सक्ने नियम बनाएको छ ।

सबैभन्दा बढि कालो धन बाहिर पठाउने देशमा पहिलो नम्बरमा चीन दरिएको छ । दोस्रो रुस, तेस्रो मेक्सिको, चौथो भारत र पाँचौ मलेसिया रहेका छन् । वार्षिक करिब एक खरब डलर विकासशिल देशबाट बाहिर जाने गरेका तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनको बाहिरिने कालो धनको मात्रा ५.५३ प्रतिशत सब सहारन अफ्रिका, ४.४५ प्रतिशत विकासशिल युरोप, ३.७५ प्रतिशत एशिया, ३.७३ प्रतिशत मध्यपूर्व, उत्तरी अफ्रिका, ३.३ प्रतिशत अमेरिका तथा क्यारेवियन मुलुकको रहेको छ ।

१८ वर्ष उमेर पुगेका जोसुकैले बैंक खाता खोल्ने सुविधा रहेको छ । विजनेस स्ट्याण्डर्डका अनुसार स्विटजरल्याण्डमा चार सय बैंक रहेको छ । जसमध्ये युविएस र क्रेडिट सुइस ग्रुपको सबैभन्दा बढि हिस्सा रहेको छ । –एजेन्सीकाे सहयाेगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ