बाबुरामले गोरखा पुगेर यसरी मनाए असार १५ (फाेटाे फिचर)

बाबुरामले गोरखा पुगेर यसरी मनाए असार १५ (फाेटाे फिचर)

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

गोरखा, १५ असार ।

अाज असार १५ गते अर्थात धान दिवस,  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर रोपाईंमा सहभागी भएका छन् ।

शुक्रबार उनी सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोतेर हिल्याउने र धान रोप्ने कामसमेत गरे ।

उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।

उनले हलोको अनौ र लौरी समातेर गोरु जोतेर केही सियो हिलाए । रोपारसँगै मिलेर बीउ पनि काढे । भट्टराईले खेतमा काम गरिरहँदा अरु रोपार, बाउसेहरु भने मोवाइलमा फोटो तथा भिडियो खिचिरहेका देखिन्थे ।

रोपाईं पश्चात बोल्दै भट्टराइले कृषि प्रधान देश भएकाले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।

 

विपिन चन्द्र ढकालको फेसबुकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी