किसानलाई सहयोग गर्न राज्य हरपल तयार छः मन्त्री बाँस्कोटा

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छः मन्त्री बाँस्कोटा

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

झापा १५ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्ष्भित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताउनुभएको छ ।

झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि भएकोले झापाका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार रहेको बताउनु भयो ।

कृषि क्रान्तिबिना नेपालको आर्थिक समृद्धि नहुने बताउँदै उहाँले कृषि क्षेत्रमा सहयोगका लागि राज्य जुनसुकै अवस्थामा तयार छ भन्नुभयो । मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोप्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी