प्रि– क्वार्टरफाईनल समीकरण पूरा, राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्स र अर्जे्न्टिना भिड्ने

प्रि– क्वार्टरफाईनल समीकरण पूरा, राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्स र अर्जे्न्टिना भिड्ने

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

मस्को, असार १५ । रुसमा जारी विश्वकप फुबटलको अन्तिम १६ अर्थात प्रि– क्वार्टरफाईनल समीकरण पूरा भएको छ ।

लिग चरणका खेल सकिएसँगै नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो । यसपटक युरोपबाट १० टोली अन्तिम १६ मा पुगेका छन् ।
यसैगरी लेटिन अमेरिकाबाट ५ टोलीले अन्तिम १६ मा ठाउँ बनाउँदा एशियाबाट एक्लो टोली जापानमात्रै नक आउट चरणमा उक्लियो । अफ्रिकी मुलुकबाट भने कुनै पनि टोली नक आउट चरणमा प्रवेश गर्न सकेन ।

राउण्ड अफ सिक्सटिनका खेल भोलिबाट हुनेछन् । हरेक दिन दुई खेल हुनेछ । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे पहिलो खेल हुनेछ भने राति पौने १२ बजे दोस्रो खेल हुनेछ ।

अन्तिम १६ को पहिलो खेलमा भोलि फ्रान्स र अर्जे्न्टिना भिड्नेछन् । भोलि नै उरुग्वेले पोर्चुगलको सामना गर्नेछ ।

आईतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कको खेल हुनेछ । सोमबार ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियम भिड्दा मंगलबार स्विडेन र स्विट्जरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्ड आमने सामने हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ