विश्वकप फुटबलमा आज इङ्ल्यान्ड र बेल्जियम भिड्दै, समूहविजेता बन्नु पनि घातक हुन सक्ने !

विश्वकप फुटबलमा आज इङ्ल्यान्ड र बेल्जियम भिड्दै, समूहविजेता बन्नु पनि घातक हुन सक्ने !

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

काठमाण्डौ, १४ असार ।

विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गत आज बेल्जियम र इङ्ल्यान्ड आमने सामने हुँदैछन् । दुवै टोली पहिलो दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेकाले आज समूह विजेताको टुङगो लाग्ने छ ।

आजको खेललाई बेल्जियमका मिडफिल्डर मारोउने फेलानीले
इङ्ल्यान्ड विरुद्ध हुने अन्तिम खेललाई अनौठो प्रतिस्पर्धाको संज्ञा दिएका छन्।

तर प्रतियोगितामा लामो यात्रा गर्न खोज्दा क्वार्टरफाइनलमा ब्राजिलविरुद्धको सम्भावित भिडन्त टार्न समूहविजेता बन्नु पनि घातक हुन सक्ने भएकाले फेलानीले यसलाई अनौठो खेलको रूपमा बयान गरेका हुन्।

अर्को समूहको नतिजाले इङ्ल्यान्ड वा बेल्जियमका लागि विजेता बन्नु फाइदाजनक नहुन सक्छ । तर दुवै टोलीले शीर्षता टार्न नखोजेको बताएका छन् ।

पहिलो खेलमा ट्युनिसियालाई २–१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६–१ को सहज जित हात पारेको थियो । त्यस्तै पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको बेल्यिजमले दोस्रो खेलमा ट्युनिसियामाथि ५–२ को सानदार जित हात पारेको थियो।

समान ६ अंक जोडेका बेल्जियम र इङ्ल्यान्ड पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन ट्युनिसिया र पानामा तेस्रो र चौथो स्थानमा छन् । समूहका दुई बलिया टोलीबीचको भिडन्तले समूह विजेताको टुङ्गो लगाउने भएकाले आजको खेल रोचक हुनेछ ।
दुवै टोली ५०–५० को स्थितिमा हुनेछन् र दुवै टोली यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

यी दुई टोली प्रमुख प्रतियोगितामा आमने–सामने हुन लागेको यो चौथो पटक हो । यसअघिका तीन भिडन्तमध्ये दुई खेल बराबरीमा सकिएको थियो भने एक खेल इङ्ल्यान्डले जितेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ