चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरियाे

चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरियाे

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ ।

चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी आफू सहभागी भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । जर्मनी सन्  १९३८ पछि पहिलाे पटक समूह चरणबाटै बाहिरिएकाे हाे ।

खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले गोल गरेका थिए । त्यस्तै जर्मन किपर म्यान्युल निउर अगाडि बढेको मौका पारी त्यसको दुई मिनेटपछि नै कोरियाले अर्को गोल थपेको थियो । सन ह्यूङ मिनले खाली पोष्टमा गोल गरेका थिए ।

समूह एफ अन्तर्गतकै अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हराउँदै समूहविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह उपविजेता बन्दै मेक्सिको पनि अर्को चरणमा पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ