काठमाडौं, असार १३ ।
रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज पनि समूह ई र एफ का अन्तिम चरणका चार खेल हुदैछन् ।
समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्को चरणमा उक्लिने होडमा रहेका छन् । आज बेलुकी पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन आमने सामने हुनेछन् ।
दुई खेलबाट ६ अंक जोडेको मेक्सिकोलाई स्विडेन विरुद्धको खेल बराबरी गरे पुग्नेछ । उता ३ अंक जोडेको स्विडेनलाई भने यो खेल जित्नैपर्ने दबाब छ । समूहमा एक जित र एक हारका साथ ३ अंक जोडेको जर्मनीलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ ।
दक्षिण कोरियासँग बराबरीमा रोकिएको अवस्थामा भने जर्मनीलाई अन्तिम १६ मा पुग्न अर्को खेलमा स्विडेले हार्नुु पर्ने हुन्छ । विश्वकप फुटबलको समुह ई मा पौने १२ बजे ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिका भिड्नेछन् ।
यो समुहमा ब्राजिल र स्विटजरल्याण्डको ४र४ अंक छ भने सर्वियाको ३ अंक छ । अर्को चरणमा उक्लिन ब्राजिललाई यो खेल कम्तिमा बराबरी गर्नुपर्नेछ भने सर्वियालाई जित्नैपर्ने दबाब छ ।
उता स्विट्जरल्यान्डले पनि कोष्टारिका विरुद्धको खेल बराबरी गरेको खण्डमा राउन्ड अफ सिक्सटिनमा छनौट हुने छ ।
यस्तै गएराति भएको खेलमा नाईजेरियालाई हराउँदै अर्जे्न्टिना प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जे्न्टिनाले समूहको अन्तिम खेलमा नाईजेरियालाई २–१ ले पराजित गर्दै समूहको उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
समुहका ३ खेलबाट ४ अंक जोडेको अर्जे्न्टिनाको अन्तिम १६ र समूह सीको विजेता फ्रान्ससँग भिडन्त हुनेछ । उपाधि दाबेदार मानिएको यी दुइ टोली मध्य एक टोली भने प्रि क्वाटरफाइनलबाटै बाहिरेछ ।