नाईजेरियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश, अब समुह सी को विजेता फ्रान्ससँग प्रतिस्पर्धा हुने

नाईजेरियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश, अब समुह सी को विजेता फ्रान्ससँग प्रतिस्पर्धा हुने

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, असार १३ ।  सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जेन्टिना नाईजेरियालाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २-१ ले हरायो ।

खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । दोस्रो हाफमा नाईजेरियाले पेनाल्टी हान्ने अवसर पायो ।

५१ औं मिनेटमा पाएको पेनाल्टीलाई नाईजेरियाका भिक्टर मोसेसले गोलमा बदलेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।

निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले गोल गर्दै टोलीको जित पक्का गरे ।

समुहका ३ खेलबाट ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।

राउन्ड अफ सिक्सटिनमा उसको भिडन्त समुह सी को विजेता फ्रान्ससँग हुनेछ ।

यो खेल आगामी शनिवार रुसको काजान शहरमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ