काठमाडौं, असार १२ । विश्वकप फुटबलमा आज समूह सि र डि का अन्तिम चरणका चार खेल हुनेछन् ।
नेपाली समय अनुसार वेलुकी पौने ८ बजे फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरु भिड्नेछन् ।
फ्रान्स समुहमा लगातार दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा छनोट भइसकेको छ भने ४ अंक जोडेको डेनमार्कलाई अर्को चरणको यात्रा पक्का गर्न आजको खेल कम्तिमा बराबरीमा गर्नुपर्ने बाध्यता छ ।
डेनमार्क पराजित भएको अवस्थामा भने समूहको अर्को खेलको नतिजा निर्णायक हुनेछ । समुहको अर्को खेलमा अस्ट्रेलिया र पेरु भिड्नेछन् । अष्ट्रेलियाको १ अंक छ भने पेरु अंकविहीन अवस्थामा रहेको छ ।
यस्तै आजै राति पौने १२ वजे अर्जे्न्टिना र नाईजेरिया तथा आईसल्याण्ड र क्रोएसिया भिड्नेछन् । २ खेलबाट ६ अंक जोडेको क्रोएसिया राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ ।
३ अंक जोडेको नाईजेरिया तथा १÷१ अंक जोडेका आईसल्याण्ड र अर्जे्न्टिना पनि अर्को चरणमा पुग्ने लक्षका साथ मैदान उत्रनेछन् ।
अर्को चरणमा पुग्न अर्जे्न्टिनाले आजको खेलमा नाईजेरियालाई हराउनुपर्ने हुन्छ । अर्को खेलमा आईसल्याण्ड क्रोएसियासँग पराजित वा कम्तिमा बराबरीमा रोकिनुपर्नेछ ।
अर्जे्न्टिना र आईसल्याण्ड दुबै टोली विजयी भएको अवस्थामा गोल अन्तरको आधारमा एक टोली छनोट हुनेछ ।
नाईजेरिया विजयी भएको अवस्थामा भने ऊ सोझै राउण्ड अफ सिक्स्टिनमा पुग्नेछ । यदि त्यस्तो भएमा अर्जे्न्टिना र आईसल्याण्ड समुह चरणबाटै बाहिरिनेछन् ।
यसैबीच बिश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल तथा स्पेन र रसिया भिड्ने भएका छन् ।
समुह बी अन्र्तगत मध्यराती स्पेन र मोरक्कोले २–२ तथा पोर्चुगल र ईरानले एक एक गोलको बराबरी खेलेपछि समुह बीबाट नकआउट चरण पुग्ने टोलीको टुंगो लागेको हो ।
समुह ए बाट सतप्रतिशत नतिजासहित उरुग्वे समुह विजेता र रसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । गएरातीको बराबरीले समुह बी बाट भने स्पेन समुह बिजेता र पोर्चुगल उपबिजेता बन्यो ।
समान ५ अंक भएपनि गोल अन्तरमा स्पेन समुह बिजेता बन्यो । पहिलो प्रिक्वाटरफाइनलमा आगामी शनिबार उरुग्वे र पोर्चुगल तथा आइतवार स्पेन र रसियाबीच प्रतिस्पर्धा हुनेछ ।