काठमाण्डौ, १२ असार । बिश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल तथा स्पेन र रसिया भिड्ने भएका छन् ।
समुह बी अन्र्तगत मध्यराती स्पेन र मोरक्कोले २–२ तथा पोर्चुगल र ईरानले एक एक गोलको बराबरी खेलेपछि समुह बीबाट नकआउट चरण पुग्ने टोलीको टुंगो लागेको हो ।
समुह ए बाट सतप्रतिशत नतिजासहित उरुग्वे समुह विजेता र रसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । गएरातीको बराबरीले समुह बी बाट भने स्पेन समुह बिजेता र पोर्चुगल उपबिजेता बन्यो ।
समान ५ अंक भएपनि गोल अन्तरमा स्पेन समुह बिजेता बन्यो । पहिलो प्रिक्वाटरफाइनलमा आगामी शनिबार उरुग्वे र पोर्चुगल तथा आइतवार स्पेन र रसियाबीच प्रतिस्पर्धा हुनेछ ।
गएराती भएको खेलमा २ पटक मोरक्कोले अग्रता बनाएपनि स्पेन बराबरी गर्न सफल भयो । १४ औं मिनेटमा मोरक्कोले गोल गर्दै अग्रता बनाएको थियो ।
१९ औं मिनेटमा ईस्कोले गोल गर्दै स्पेनलाई १–१ को अवस्थामा र्पुयाए । ८१ औं मिनेटमा मोरक्कोले फेरि अग्रता लिएपनि ईन्ज्युरी समयमा लागो एस्पासले गोल गरेपछि स्पेन समुह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।
पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा पोर्चुगल पनि इरानसँग बराबरीमा रोकिन पुग्यो । कप्तान क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि पोर्चुगल अग्रता दोब्बर बनाउन असफल भएको थियो । ईन्जुरी समयमा पोर्चुगलबिरुद्ध गोल गर्दै इरान अंक खोस्न बाध्य भयो ।
समुह एकको अर्को खेलमा १० खेलाडिमा सीमित रसियामाथी अधिकांश समय दवाब बनाएको उरुग्वेले १० औं मिनेटमै अग्रता बनाएको थियो । लुईस स्वरेजले बनाएको अग्रता २३ औं मिनेटमा उपहार गोलमार्फत दोब्बर बनेको थियो ।
९० औं मिनेटमा एडिसन काभानीले गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए ।
समुह ए अन्तर्गतको अर्को खेलमा साउदी अरेवियाले ईजिप्टलाई २–१ ले पराजित गर्दैै सान्त्वना जित हात र्पायो । खेलको अन्तिम समयमा गोल गर्दै साउदीले सन् १९९४ पछि पहिलो पटक विश्वकपमा जित हात र्पायो ।
मोहमद सलाहको ईजिप्ट अंकबिहीन हुँदै लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्यो ।