विश्वकप फुटबल: समूहविजेता र अघिल्लो चरण प्रवेश गर्ने लक्षसहित भिड्दैछन् यी चार टोली

विश्वकप फुटबल: समूहविजेता र अघिल्लो चरण प्रवेश गर्ने लक्षसहित भिड्दैछन् यी चार टोली

  • सोमवार, असार ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ, ११ असार ।

रसियामा जारी २१ औ संकरणको विश्वकप फुटबल प्रतियोगितामा आजबाट समूह चरणको तेस्रो तथा अन्तिम राउन्डका खेल सुरु हुँदै छन् ।

समूह चरणको अन्तिम राउन्डको खेलमा समूह विजेता बन्ने लक्षमा रहेको आयोजक राष्ट्र रसियाले आज उरुग्वेको सामना गर्दै छ । यी दुई टोलीबीचको खेल सामरा स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ ।

समूह चरणको एक खेल अगावै दुवै टोली प्रिक्वाटरफाईनलमा पुसिकेका कारण समूह जिवेता बन्ने लक्षका मैदान उत्रदैछन् ।

सुरुवाती खेलमा दमदार प्रदर्शन गरेको रसियाले साउदी अरेबीयालाई र ईजिप्टलाई पराजित गरेको थियो ।
यता समूह चरणको दुबै खेलमा कठिन जित हातपारेको दक्षीण अमेरीकी टोली उरुग्वे ले ईजिप्ट र साउदिलाई हराएर अघिल्लो चरण पुगेको हो ।

यस्तै सोहि समयमा साउदी अरेबीया र ईजिप्ट पनि आमने सामने हुनेछन् । सअघिका दुबै खेलमा पराजय भोगेका यी दुई टोलीबीचको खेल प्रतिष्ठाका लागि मात्र हुने छ ।

विश्वकप अन्तरगत समूह ए को अन्तिम खेलमा आज जित निकाल्दै दुबै टोली सुखद अन्त्यको खोजिमा हुनेछन् । साउदी अझै पनि पहिलो गोलको खोजीमा हुनेछ भने छनौटमा राम्रो प्रदर्शन गरेको ईजिप्ट अन्तिम खेलमा भएपनि आफ्नो कौशल देखाउन चाहन्छ ।

आजै राति पौने १२ बजे समूह बी का दुई खेल हुँदैछ । जसमा ईरान बिरुद्ध पोर्चुगल मैदान उत्रदा स्पेन र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

समूहको अन्तिम खेलमा पोर्चुगलले छनौटको आशा बोगेको ईरानको सामना गर्दै छ । आज ईरानसँग बराबरी गर्न सके मात्रै पनि पोर्चुगल अघिल्लो चरण पुग्ने छ ।
तर पोर्चुगललाई पराजित गरेका ईरान अगाडि बढ्ने छ ।

पोर्चुगल र स्पेनको समान ४ अंक रहेको छ । ईरान ३ अंकका साथ तेस्रो स्थानमा छ भने अंकविहीन मोरक्को प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

त्यसैले आजको खेलमा युरोपका दुवै टोली एकअर्काको नतिजालाई उछिन्ने प्रयासमा हुनेछन् । अन्तिम खेल अगाडि समान अंक र गोलअन्तर भएका कारण आज हुने खेलमा गोलको महत्व रहेको छ ।

पहिलो पल्ट समूह चरण पार गर्ने लक्ष बोकेको इरान आज पोर्चुगललाई जरीपनि हराउने लक्ष राखेर मैदान उत्रदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ