केनको ह्याट्रिकमा इंग्ल्यान्ड अन्तिम १६ पुग्यो, पनामामाथि आधादर्जन गोलको वर्षा

केनको ह्याट्रिकमा इंग्ल्यान्ड अन्तिम १६ पुग्यो, पनामामाथि आधादर्जन गोलको वर्षा

  • सोमवार, असार ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, असार १० । कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्ड विश्वकप फुटबलको अर्को चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको समूह ‘जी’को खेलमा पनामामाथि ६–१ को फराकिलो जित हासिल गर्दै इंग्ल्यान्डले अन्तिम १६ मा ठाउँ बनाएको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले विश्वकपका लागि ५२औं तथा रुसमा जारी विश्वकपका लागि दोस्रो ह्याट्रिक गरे ।

ह्याट्रिकसँगै केन जारी विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघि, ट्युनिसियाविरुद्ध २ गोल गरेका केनको गोलसंख्या ५ पुगेको छ । बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४र४ गोल गरेका छन् ।

यस्तै, स्पेनका डिएगो कोस्टा र आयोजक रुसका चेरिसेभको नाममा ३र३ गोल रहेको छ ।

इंग्ल्यान्डलाई जिताउनेक्रममा जोन स्टोन्सले २ तथा जेस्सी लिंगार्डले एक गोल थपे ।

पहिलोपटक विश्वकप खेलेको पनामाका लागि फिलिप बालोएले एक कीर्तिमानी गोल फर्काए ।

इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पनामा बेल्जियमसँग हारेको थियो ।

यो जितसँगै लगातार दुई जितसहित इंग्ल्यान्ड अर्को चरणमा पुगेको हो । समूह ‘जी’बाट लगातार दुई जितसहित बेल्जियम पनि अर्को चरण पुगिसकेको छ ।

एकरएक खेल खेल्नुअघि नै पनामा र ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ