प्रतिरोध संघर्षको बिकल्प छैन- सुमन सिंह पौडेल

प्रतिरोध संघर्षको बिकल्प छैन- सुमन सिंह पौडेल

  • आइतवार, असार १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

यति  बेला मुलुकमा दुई ओटा राजनितिक धारबिच मुख्य संघर्स चलिरहेको छ एउटा राजनितिक धारको नेतृत्व केपि ओलि र पुस्पकमलहरुले गरिरहेका छन।अर्को तर्फ नेत्रबिक्रम चन्द बिप्लबले एउटा धारको नेतृत्व गरिरहेकाछन।जनताहरुलाइ लुट्ने सोसण गर्ने र नाफा कमाउने दलाल पुंजिबादको रक्षा केपि ओलिहरुले गरिरहेका छन।उनिहरु फांसिबाद उन्मुख छन र दलाल संसदिय ब्यवस्थाको माध्यमबाट दलाल पुंजी र पुजिपतिहरुको रक्षा गर्न लाग्नु उनिहरुको प्रमुख काम बन्न गएको छ।साथै यस्तो कुकर्मको बिरोध गर्दै रास्ट्र र जनताको भविस्यको बिसयमा स्पष्ट भए र जनताको पक्षमा आन्दोलित बन्नु बिप्लबहरुको काम बन्न गएको छ।

यसरी कित्ता छुट्टिने क्रम अगाडि बढेको छ । यतिबेला जनताहरुको बिचमा रहेको भ्रमबाट जनता मुक्त बन्दै गैरहेका छन । छ दशक लामो संसदिय ब्यवस्था र यो ब्यवस्थाले आज नेपाल र नेपाली जनताहरुमाथी थोपरेको सोसण कहाली लाग्दो छ । जनताहरु आजको दिन सम्म आइपुग्दा बांच्नको निम्ति मात्र पनि ठूलो संकट झेलेझैं हुनुपर्ने स्थिती बनेको छ ।

नदिनाला लगायत सबै मुख्य प्राकृतिक श्रोत साधनमाथि दलाल र माफियाहरुको नियन्त्रण रहन पुगेको छ । जनताहरु अरबमा ५० डिग्री सेल्सियसको गर्मीमा काम गरिरहेका छन । समाजलाइ नेतृत्व दिन भनेर देखापर्ने हरु सबै भ्रस्ट र तस्करहरुमात्र छन । यस्तो अवस्थामा देश छ र जनताहरु छन । महंगी बढाइएको छ, सेवासुबिधा बढ्नुको साटो झन कटेर गएको छ । यी सबै बिसयहरुले तपाईं हामी आम जनसमुदायलाई कंही न कंही नया निकास अर्थात बिकल्पको खोजी गर्ने स्थितिमा पुर्याएको छ ।

जनताहरुको आंखै अगाडि करडौं भ्रस्टाचार भैरहेको छ । सिंह दरवारको अधिकार गाउँ गांउमा आएको भन्दै स्थानिय जनप्रतिनिधिहरु आंफुखुसी गरिरहेका छन । विभिन्न योजनाहरुको नाममा बजेट बिनियोजन गर्ने र छुट्टयाइएको रकमको ३०% काम गरेर अरु रकम हिनामिना गर्ने काम यतिबेला जनप्रतिनिधीहरु गरिरहेका छन । आफ्ना कार्यकर्ताहरुलाइ विभिन्न शीर्षकमा रकम छुट्ट्याईदिएर कार्यकर्ता पोस्दै आंफुपनी कमिसनमा बसेर जसरी हुन्छ धेरै भन्दा धेरै कसरी लुट्न सकिन्छ भनेर लुटको खेती लगाउदैछन जनप्रतिनिधिहरु ।

यतिबेला समाज पुर्णत दलाल तस्कर र गुण्डाहरुको नियन्त्रणमा छ । जनप्रतिनिधिहरु भनेकै दलाल तस्कर र गुण्डाहरु हुन भन्दा अन्यथा नहोला । किनभने उनिहरुको आम चरित्र यतिबेला यस्तो हुन पुगेको छ । पार्टिका दलका कार्यकर्ताहरुको खेती यतिबेला जसरी हुन्छ सत्ता शक्तिको दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याइहालौं भन्ने तिर स्पस्ट छ । यि सबै दृस्टान्तहरु फगत आरोपमात्र होइनन अहिले जनताको बिचमा छर्लङ्ग छन यि व्यवहार र कामहरु ।

यसर्थ जनतालाइ अहिलेको सरकार र सत्ताको कामले कुनैपनी कोणमा सकारात्मक प्रभाब पार्न सकेको छैन । आधारभुत आवश्यकताहरुको दास बन्न बिवस नेपाली जनताहरु बिचार र दृस्टिकोणमा केहि माथिनै छन । जनताले कुरा बुझेका छन यो सरकार र सत्ताले जनताको माग, आवश्यकता र चाहाना बमोजिम कुनैपनी काम अगाडि बढाउन सक्दैन ।

यसर्थ यतिबेला जनताले खोजेको नया बिकल्प अर्थात अर्को कुनै निकास बिप्लबले भनिरहेको बैज्ञानिक समाजबादि सत्ता जनअधिकारको संघर्षनै हुने कुरामा जनता कन्भिन्स भएका छन । अहिले गाउँ गाउँ गएर जनतासंग कुरा गर्दा पाइने प्रतिकृया यहि छ । जनताले जसरि हुन्छ छिटो भन्दा छिटो जनता र रास्ट्रको मुक्तिको निम्ति केही गरिदिनपर्यो भन्ने संदेश दिएका छन । र जनताहरु यो सत्ता मिल्काएर नया जनबादी सत्ता स्थापना गर्ने आन्दोलनमा सहभागी हुने कुरापनि स्पस्ट हुँदै गएको छ ।

यतिबेला हाम्रो नेपालमा आम जनताको दिमागमा सरकार भन्ने बित्तिकै दलाल तस्कर भ्रस्ट गुण्डा जस्तो भाब सहितको चित्र बन्ने र नेपाल कम्युनिस्ट पार्टी अर्थात जनताले छिटो बिप्लब भन्दा चिन्छन यो जनताको मित्र, जनताको काम गर्ने, दलाल भ्रस्ट र तस्करहरुको बिरोधी , न्याय दिने शक्ति अर्थात आफ्नोचैं यहि हो भन्ने परेको छ । यसर्थ यो देशमा अहिले दलाल सरकार र क्रान्तिकारी कम्युनिस्टहरुको जनबादी सत्ताको बिचमा संघर्ष छ । जनताको साथ स्वभाविक हिसाबले क्रान्तिकारी कम्युनिस्ट पार्टी र सत्तालाइ छ र जनताको बिरोध दलाल संसदिय ब्यवस्था र तस्कर सरकार र संचालक ओलि प्रचण्ड लगायतका हरु बिरुद्ध केन्द्रित छ ।

यो जायज आन्दोलनलाइ अहिलेको फांसिबाद उन्मुख तस्करहरुको सरकार दमन गर्न अगाडि सरेको छ । नेकपाको लोकप्रियताबाट अताल्लिएको सरकार राज्यको साधन श्रोतको दुरुपयोग गरेर जनताहरुमाथी व्यापक दमन गर्दैछ । गैर न्यायिक हिरासतमा लिने अनावश्यक यातना दिने, झुट्टा मुद्दा लगाएर फंसाउने, आतंकित पार्ने यस्ता कामहरु यतिबेला सरकार गर्दै छ । जनताहरुको आवाजलाइ कैद गरेर, आफ्ना केही पुर्बाग्रहहरु अगाडि सारेर आज जनताहरुमाथी जस्तो प्रकारको दमन भैरहेको छ यसले भाबी दिन भिसण आन्दोलन र बिद्रोहका दिनहरु हुनेछन भन्ने आधार तयार पारेको छ ।

अदालतले रिहाइ गर्नु पर्ने आदेश गरिरहदा सरकार चोर जस्तो गेटबाटै झ्याप्प समाउने र अर्को हिरासतमा लाने काम गरिरहेको छ । नेकपाका केन्द्रिय सदस्य किरण राई सहित ४०/४५ जना पुर्बकै नेता कार्यकर्ता र सर्वसाधरण जनताहरु यतिबेला सरकारको यो चोर ब्यबहारको सामना गर्न बाध्य छन । यति सम्म लाछी र कपटी छ यो सरकार यसले घरमा बसेर २ महिनाको नानिलाइ दूध खुवाइ रहेको अवस्थामा तैंले बम पड्काइस तैं होस यो सबै गर्ने भन्दै महिनौ हिरासतमा थुन्छ ।

यति सम्म गैन्यायिक र मानवाधिकारको उलंघन सरकारले गरिरहंदा यहाँ अधिकारकर्मीहरु बोलेको पाइन्न । अधिकार कर्मिहरुहरु पनि सत्ताको भत्ता र सेवा सुबिधामा रहेछन भन्ने स्पस्ट हुँदै गएको छ । सुकुम्बासिको घरमा डोजर लगांउदा एकसब्द नबोल्ने अधिकारकर्मि हरु सुकुम्बासिले प्रतिरोध गर्दा चर्को स्वरमा यो आतंककारी गतिबिधी भयो भन्ने आसय र भाब बोल्न पुग्छन ।

यधपि नेकपाका नेता कार्यकर्ता माथिको धरपकड दमन यातना र जनताको जिवनमाथिको राज्य दमन यतिबेला जनताहरुले हेरिरहेका छन बुझिरहेका छन, महसुस गरिरहेका छन । दमनले सिमा नाघेकै हो र यो अझै बढ्दै गैरहेको छ ।

आखिर यहाँ भएको के हो ? अरुण थर्डमा बम पड्कियो- ठिकै भएको छ । किनकी नेपालको लागि निक्कै सस्तोमा निर्माण गर्न सकिने उक्त हाइड्रो प्रोजेक्ट भारतियहरुलाइ सरकारले दियो । नेकपाले यसको बिरोध गर्दै यो भारतिय कम्पनिलाइ दिन नहुने भन्दै सरकारलाई खबरदारि गर्यो र भारतिय कम्पनीलाई छोडेर जाउ भनेर पत्र पठायो नेपालको चोर सरकार र भारतिय कम्पनी मानेन अनि त्यंहा बम पड्कियो । यसमा रास्ट्र र जनताको अहित कहाँ भएको छ र त्यांहा दमन गर्नु पर्ने ? बिराटनगर स्थित भारतिय बाणिज्य दुताबासमा बम पड्कियो – ठिकै भयो । सप्तकोसीको बाढी प्रकोपमा नेपाललाइ सहयोग गर्ने उदेश्यले स्थापना गरिएको उक्त दुताबास जबर्जस्ती नेपालमा राखेर नेपालको स्वाधिनता माथि किन हस्तक्षेप गरेको भारतले ? त्यंहा बम नपड्किएर के पड्काउनु पर्ने हो ? त्यांहा बम पड्किदा कुनचैं देशभक्त नेपालिले बेठिक भनेको छ ? आखिर उक्त दुताबास हटाउने निर्णयपनी त चोर सरकारले लिएको छ । व्यापक जनदबाब र प्रतिरोधको कारण दुताबास हटाउने निर्णय सरकारले लिएको छ । भारतले अटेर गरेर नहट्न सक्छ त्यंहा फेरि बम पड्किन सक्छ । यसमा के दोश छ नेकपाका नेता कार्यकर्ता र जनताहरुको ? छैन भने यिनै आरोपहरु लगाएर किन दमन गरिन्छ ? । चुणामणी शर्माको घरमा आक्रमण भएको छ, Ncell माथी कार्वाही भएको छ , दलाल र भ्रस्टहरुको कयौं स्काभेटर र डोजरहरु जलेका छन । कयौं भ्रस्टहरुलाइ कालोमोसो दलिएको छ, तस्कर र फटाहाहरुलाइ कार्बाही भएको छ । यसमा कहाँ दोस छ नेकपा नेता कार्यकर्ता र जनताको ? अनि फेरि किन दमन ?

हो अहिले नेकपाको नेतृत्वमा जनताहरु प्रतिरोध गर्न जुर्मुराएका छन । यसले दलाल तस्कर र फटाहाहरुको चैन बिगृएको छ । उनिहरुलाइ आनन्द आएको छैन, उनिहरुको लुटले खडागरेको स्वर्गमा ग्रहण लाग्न पुगेको छ । जसकारण चोर सरकार सत्ताको दुरुपयोग गरेर तिनै भ्रस्टहरुको सुरक्षा र सेवाभाबमा लागेको छ । यीनै कुराहरुबाट स्पस्ट हुन्छ सरकार भ्रस्ट र तस्करहरुको हो । नेकपा जनताहरुको हो ।

समाज दुई कित्तामा बाडिंएको छ । जनताहरु दलाल तस्कर र माफियाहरुको लुटखसोट बिरुद्ध आन्दोलित हुन पुगेका छन । चौतर्फी बिद्रोहको वातावरण बन्दै गएको छ । जनताहरुले जंही तंही सरकारि अत्यचार र जनता र रास्ट्रको हित बिरुद्धको सरकारी रबैयाको आलोचना गरिरहेका छन । स्पस्ट दुइओटा कित्ता बनेको छ, जनताहरु एकतर्फी छन जसमा गरिब किसान सुकुम्बासी मजदुर दलित बिधार्थी युवा कर्मचारी सुरक्षाकर्मी पत्रकार लगायत बिभिन्न पेशामा आबद्द सबै उत्पिडित हरु छ्न । आफ्नो जिवनमा आएको समस्याहरुको मुख्य कारण ब्यवस्था र सरकारलाइ देखेपछी हरेक नागरिक यो चोर सरकारको बिरोधमा छ ।

अर्को तर्फ यो सरकार राज्यको साधन श्रोतको दुरुपयोग गरेर जनदमन गर्ने सोचमा छ । नेकपाका केही नेता कार्यकर्तालाई मार्ने, जनतामा आंतक पैदा गर्ने र बिद्रोह दबाउने योजनामा सरकार छ । र राज्यको दमन बिरुद्ध एकपटक सबै नेपालिले प्रतिरोध संघर्षमा होमिनुपर्ने स्थिती बनेको छ । यसले एउटा भयानक युद्धको चित्र बनेको प्रतीत हुन्छ । रास्ट्र र जनतालाइ दलालहरुको पंजाबाट मुक्त गर्न जनतासंग अर्को बिकल्प पनी छैन । जनता यसरी बांच्न सक्दैनन । राज्यको जनदमन र जनताहरुमा आएको सरकार प्रतिको घृणा भाबले निकट भविस्यमै प्रतिरोध युद्धहुने कुरामा कुनै संका छैन । यधपी यो संबेदनहिन, चोर, तस्कर र निर्लज्ज सरकार र सत्ता संचालकहरु भाविदिनमा पैदाहुने भयानक प्रतिरोध प्रति गम्भीर बन्न र सुध्रन जरुरी छ ।
नेपालि जनता राज्य दमनको बिरुद्ध जस्तो सुकै प्रतिरोध गर्न सक्षम छन भन्ने उदाहरण १० बर्से जनयुद्धलाइ लिए पुग्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी