विश्वकपमा आज राति कुन कुन खेल हुँदै ?

विश्वकपमा आज राति कुन कुन खेल हुँदै ?

  • आइतवार, असार १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी, असार १० ।
रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज राति पनि तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा इंङल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुँदै छ ।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि निज्नी नोभागोरोडामा हुनेछ । आजको खेलमा इङल्याण्ड पहिलो खेलको लय लाई नै पछ्याउदै प्रतियोगिताको प्रिवक्वाटरफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ ।

पानामालाई आजको खेलमा पराजित गर्ने सकेमा अन्तिम खेल अगावै नै इंङल्याण्डको अन्तिम १६ को यात्रा पक्का हुनेछ । यो नजिताले भने पानामा प्रतियोगिता बाट बाहिरीने संघारमा पुग्नेछ ।

आजैराति पौने ९ बजे एक्काटेरिङवर्ग एरिनामा हुने दोस्रो खेलमा जापान र सेनेगल आमने सामने हुनेछन् । पहिलो खेलमा कोलम्बियालाई पराजित गरेको जापान दोस्रो चरणको नजिक छ ।

जापानले सेनगललाई पराजित या बराबरीमा रोके पनि उसको अर्काे चरणमा प्रवेश गर्ने सम्भावना रहनेछ । हारले भने उसको सम्भावना न्यून बन्नेछ । यस्तै आजै राति पोल्याण्डले कोलम्बियाको सामना गर्नेछ ।

यी दुई टोलीबीचको खेल राति पौने १२ बजे पछि काजान एरिनामा सुरु हुनेछ । दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दवै टोली आफ्नो पहिलो खेलमा अप्रत्याशित हार बेहोरेका कारण आजको खेलमा जित आवश्यक परेको हो ।

यसअघि गएराति भएको खेलमा बेल्जियम, जर्मनी र मेक्सिको विजयी भएका छन् । बेल्जियमले ट्युनिसियालाई ५–२ को फराकिलो गोल आन्तरले पराजित गरेको हो भने मेक्सिकोले दक्षिण कोरियालाई २–१ गोल आन्तरले पराजित गरेको हो ।

जर्मनीले पनि स्वीडेनलाई २–१ गोल अन्तरले नै पराजित गरेको हो । जितसँगै जर्मनीले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना जिवित राखेको छ ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले समूहको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ