हुलमुलमा जीउ जोगाउनु’ ‘अनिकालमा बीउ जोगाउनु’

हुलमुलमा जीउ जोगाउनु’ ‘अनिकालमा बीउ जोगाउनु’

  • आइतवार, असार १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

-अशिम सापकोटा
नेपालमा हाल एक खर्ब भन्दा धेरै खाद्यान्न आयात हुने गरेको सबैलाई विदितै छ, यति धेरै खाद्यान्न आयात गर्ने नेपालले एक अर्ब २५ करोडको भन्दा बढीको बीउबिजन समेत आयात गर्ने गरेको छ ।
आयातित बीउमा काउली, ब्रोकाउली, बन्दागोेभी, भन्टा, भेंडेखुर्सानी, काँक्रा, फर्सी, लौका, घिरौँला, चिचिन्डो, गोलभेँडा, रायो, मुला, गाँजर, धनियाँ लगायतका छन् ।
इटाली, चिली, अमेरिका, न्युजिल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अष्ट्रेलिया, फ्रान्स, ताइवान, लेवनान, भारत, चीन, जापान, स्वीजरल्यान्ड, इन्डोनोसिया र कोरियाबाट बीउ आयात गर्ने गरीएको छ ।
विश्वमा बीउ उत्पादन गर्ने १० कम्पनीबाट ६७ र नाम कहलिएका अन्य तीन कम्पनीबाट ५० प्रतिशत बीउ आयात भइरहेको छ । अमेरिकाको मोन्टान्सो विश्वमा सवैभन्दा धेरै बीउ निर्यात गर्ने कम्पनीमा सूचीकृत छ । ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु’ भन्ने उखान हाम्रा पूर्वजले सिकाउदै आए पनि नेपालीले सो उक्तिलाई यतिखेर व्यवहारमा उतार्न नसकेको हामीलाई स्पष्ट भान हुन्छ ।
विज्ञहरुका अनुसार पूर्खाको बीउ छनोट गर्ने प्रविधि वैज्ञानिक रहेको बताउँछन्, तर आजभोलि विmसान छिटो पाक्ने र धेरै फल्ने बीउको खोजीमा रहेकाले स्वदेशी बीउ क्रमशः विस्थापित भएको विज्ञको भनाई छ ।


पूर्खाले खाद्यान्न तथा दलहन एवम् तरकारी बालीमा पाकेको फलबाट ठूला दाना र स्वस्थ बिँया छनोट गरी पहिले नै जतन गर्दथे, तर अहिले हाइब्रिड जातको बीउमा निर्भर भएका कारण स्वदेशी बीउ प्रशोधन, सङकलन तथा जतन एवम् स्वस्थ बियाँको छनोट गर्ने बानी हराउँदै गएकाले बीउमा परनिर्भरता बढ्दै गएको हो ।
पूर्खाले खाद्यान्न भण्डारण गर्नु पूर्वनै बीउको जोहो गर्दथे । तर अहिले बजारमा सजिलैसँग बीउ खरिद गर्न सकिने भएपछि रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइनै छोडेको छ । बीउबिजन ऐन २०४५ र बीउबिजन नियमावली २०६९ ले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णशङकर जातका बीउ खास खास प्रक्रिया पु¥याई नेपालमा आयात गर्न दिने कानुनी बाटो खुल्ला गरेको छ । सोही कारणले रैथाने जातका बहुगुणी बीउ लोप हुने अवस्थामा छन् ।
राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा वर्णशङकर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओको प्रयोगलाई नियमन गर्ने नीति लिएको छ । बहुराष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई आयातमा प्रतिबन्ध छैन भने रैथाने बीउको जगेर्ना र संरक्षणतर्फ ठोस पहल हुन नसकेकोले नेपाली जातका बीउबिजन गाउँघरबाट पलायन भएका छन् ।
नेपालमा निजी क्षेत्रका बीउबिजन कम्पनीले बिना अनुसन्धान बहुराष्ट्रिय क्षेत्रबाट आयातित बीउलाई प्याकेजिङ गरेर मात्र बिक्री वितरण गर्ने गरेको पाइन्छ । उनीहरुबाट शत प्रतिशत गुणस्तरीय बीउ आयात हुन्छ नै भन्न नसकिने सरकारी अधिकारीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी