विश्वकप फुटबलमा बेल्जियमको  शानदार जित

विश्वकप फुटबलमा बेल्जियमको  शानदार जित

  • शनिबार, असार ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाणडाै, ९ असार ।

रसियामा जारी विश्वकप फुटबलको समूह जी मा बेल्जियमले दोस्रो जित दर्ता गरेको छ । स्पात्राक मस्को रंगशलामा ट्युनिसियालाई ५–२ ले पराजित गर्दै बेल्जियम समूहको शीर्ष स्थानमा जमेर बसेको छ ।

बेल्जियमले खेलको सुरुवातीमै अग्रता लिएको थियो । एडिन हजार्डले खेलको ६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरी खेलको १६ औं मिनेटमा बेल्जियमका खेलाडी रोमेलु लुकाकुले अग्रता दोब्बर पारे । तर, त्यसको दुई मिनेटपछि नै ट्युनिसियाका लागि वहाबी खाज्रीको पासमा डायलिन ब्रोनले एक गोल फर्काएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा थोमास मुनियरको पासमा लुकाकुले खेलमा व्यक्तिगत दोस्रो तथा बेल्जियमका लागि तेस्रो गोल गरे ।

पहिलो हाफको खेलमा ३–१ले पछाडी परेको ट्यूनिशियाविरुद्ध दोस्रो हाफको ५१ औं मिनेटमा बेल्जियमका एडिन हजार्डले चौथो गोल गरे । त्यस्तै खेलको ९० औं मिनेटमा बेल्जियमका बात्सुयाइले गोल गरे ।

५–१ ले पछि परेको अवस्थामा पनि ट्यूनिशियाले अतिरिक्त समयमा थप अर्को गोल गर्यो । ट्यूनिशियाका खेलाडी वबी खजारीले खेलको ९३ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

दुई टोलबीच यो चौँथो भिडन्त हो । यसअघि भएका तीन भिडन्तमा बेल्जियम र ट्युनिसियाले एक एकमा जीत हासिल गरेका छन् भने एकमा बराबरी भएको थियो ।

विश्वकपमा भने यी टोलीको दोस्रो भिडन्त हो । सन् २००२ को विश्वकपमा दुई टोलीबीचको खेल १–१ को बराबरीमा सकिएको थियो ।आजको हारसँगै ट्युनिसियाको अघिल्लो चरण प्रवेशको गणितीय सम्भावनामात्रै बाँकी छ । यो समूहमा भोलि इङल्याण्ड र पानामा भिड्दैछन् । यी दुईको नतिजाले ट्युनिसियाको भाग्य निर्धारण गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ