ब्राजिलले जितेपछि किन मैदानमै भक्कानिए रोए नेइमार ?

ब्राजिलले जितेपछि किन मैदानमै भक्कानिए रोए नेइमार ?

  • शनिबार, असार ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौ, ९ असार ।

समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग एक–एकको बराबरी खेलेपछि ब्राजिल जित्नै पर्ने दबाबमा थियो

रुस विश्वकपकै उपाधिको दावेदार मानिएको ब्राजिलले कोस्टारिका पहिलो जित हात पार्दा समर्थकहरु खुसिले चिच्चयाउन थाले । तर मैदानमा भने फरक दृश्य देखियो ।

शुक्रबार कोस्टारिकासँगको खेलमा थपिएको ६ मिनेटमा ब्राजिलका लागि फिलिप कोउटिन्हो र नेइमारले गोल गरे । इन्जुरी समयमा ब्राजिलले जितेसँगै सबै खेलाडि तथा दर्शकको खुसिको सिमा थिएन तर अचानक नेयमार मैदानमै घोप्टो परेर भक्कानिएर रोए ।
सबैको ध्यान नेइमारको डाइभ र आँसुमा केन्द्रित थियो । खेल सक्किएपछि नेइमार मैदानमै घोप्टो परेर रोएको दृश्यले सबैलाई अचम्ममा पारिदियो । आखिर किन रोए त नेइमार भन्ने प्रश्न सबैको मनमा उब्जियो ।


कोही हारमा पनि रोएका छैनन् तर नेइमार आफ्नो टिमको महत्वपूर्ण जितमा पनि रोए । विश्वकप प्रतियोगितामा आफ्नो टिमलाई जिताउनु र गोल गर्नु सबै खेलाडीको सपना हुन्छ । नेइमार पनि आफ्नो सपना पूरा भएकोमा खुसी भए र खुसीको आँसु थाम्न सकेनन् । जसले जे अनुमान लगाए पनि खेल सकिएको केही समयपछि नेइमार आफैले इन्स्टाग्राममा आफू खुसीले रोएको बताएका छन् ।

नेइमार लेखेका छन्, ‘कसैलाई थाहा छैन यहाँ के भयो । सुगा नबोल्दासम्म बोल्नुहोस् । अब त गर, केही गर । खुसीको हुन्छ आँसु, जितको हुन्छ आँसु । मेरो जीवन कहिल्यै सहज भएन र हुनेछैन । सपना जारी छ, सपना होइन… उद्धेश्य । केटाहरुलाई जितको बधाई छ ’

पीएसजीबाट खेल्दै गर्दा गएको फेब्रुअरीमा नेइमारको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भएका छैनन् ।
खुट्टाको चोट बल्झिएपछि नेइमार खेल्न सक्दैनन् कि भन्ने चिन्ता सबैमा थियो । अभ्यासका क्रममा पनि दुखाई बढेपछि नेइमार बिचैमा फिजियोथेरापिस्टकोमा पुगेका थिए । तर सबैको आशाअनुरुप मैदानमा उत्रिए र गोल गरे ।

सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा घाइते भएपछि विश्वकप गुमाएका नेइमारबाट यो विश्वकपमा धेरैले आशा गरेका छन् ।
सन् २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा फ्र्याक्चर भएपछि सेमिफाइनल खेल गुमाएका थिए । त्यसबेला क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेइमारलाई चोट लागेको थियो ।
नेइमारबिना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ