आईसल्यान्डलाई २–० हराउदैँ नाईजेरिया विजयी, अजेन्टिनालाई मिल्यो राहत

आईसल्यान्डलाई २–० हराउदैँ नाईजेरिया विजयी, अजेन्टिनालाई मिल्यो राहत

  • शनिबार, असार ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

मस्को, असार ९ । विश्वकप फुटबलमा नाईजेरियाले आईसल्यान्डलाई २–० ले हराएको छ ।गएराति भोल्गोग्राद एरिनामा भएको खेलमा नाईजेरियालाई विजयी गराउन दुबै गोल अहमद मुसाले गरे ।

नाईजेरियाको यो जितले समूहको अर्को टोली अर्जेन्टिनालाई पनि राहत मिलेको छ ।४९ औं मिनेटमा पहिलो गोल गरेका मुसाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै नाईजेरियाले अर्को चरणमा पुग्ने आशा जीवित राखेको छ । समूह ‘डी’ मा लगातार दुई जित हात पारेको क्रोएसिया नक आउट चरणमा पुगिसकेको छ । यो समूहबाट ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको नाईजेरिया, १ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टोली नक आउट चरणमा पुग्नेछन् ।

समूहको अन्तिम खेलमा आगामी मंगलबार नाईजेरिया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोएसिया भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ