काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिलले पहिलो जित दर्ता गरेको छ ।
निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
ब्राजिलका लागि कौटिन्हो र नेइमारले १-१ गोल गरे ।यसअघी गोलरक्षक केइलर नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि कोष्टारिकाले ब्राजिललाई ९० मिनेट सम्म गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।
लगातार दोस्रो हारसँगै कोष्टारिका प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कोष्टारिका सर्बियासँग पराजित भएको थियो ।
पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरी खेलेको ब्राजिलले आजको जितसँगै ४ अंक जोड्दै दोस्रो चरण प्रबेश गर्ने संभावना बलियो बनाएको छ ।
बिश्वकप फुटबलन्तर्गत शुक्रवारकै तेस्रो सर्वियालाई हराउँदै स्विट्जरल्याण्डले विश्वकप फुटबलको नकआउट चरणमा उक्लिने सम्भावना बलियो पारेको छ ।
कालिनिन्ग्राद रंगशालामा भएको खेलमा सर्वियाले सुरुवाती अग्रता लिएको थियो । पाँचाँै मिनेटमा अलेक्साण्डर मित्रोभिचले गोल गर्दै सर्वियालाई अग्रता दिएका हुन् ।
५२ औं मिनेटमा स्विट्जरल्याण्डका ग्रानिट झाकाले गोल फर्काउँदै खेल बराबरी गरे । ईन्जुरी समयमा खेर्दान शाकिरीले निर्णायक गोल गरेपछि स्विट्जरल्याण्डले कठिन खेलबाट ३ अंक लिएको छ ।
जितसँगै स्विट्जरल्याण्डले समूहका दुई खेलबाट ४ अंक जोड्दै तालिकामा शीर्ष स्थानमा रहेको ब्राजिलसँग बराबरी गरेको छ । ३ अंकमात्रै जोडेको सर्विया तेस्रो स्थानमा छ ।
यी तीनवटै टोली समूह ‘ई’ बाट अघिल्लो चरणमा पुग्ने समिकरणमा जीवित रहँदा चौथो स्थानको कोष्टा रिका भने बाहिरिएको छ ।