विश्वकपमा आज ब्राजिल र कोस्टारिका भिड्दै, अन्य दुई खेल पनि आजै

विश्वकपमा आज ब्राजिल र कोस्टारिका भिड्दै, अन्य दुई खेल पनि आजै

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मस्को, असार ८ ।

रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज उपाधि दावेदार मानिएको ब्राजिलले आज कोस्टारिकाबिरुद्ध खेल्दै छ ।

पहिलो खेलमा स्वीजरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलले समूह ई को आफ्नो दोस्रो खेलमा कोस्टारिका नेपाली समय अनुसार साझ पौने ६ बजे प्रतिस्पर्धा गर्ने छ । आज कोस्टाबिरुद्ध ब्राजित निश्चित जितको खोजीमा हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा नाईजेरीया र आइसल्याण्ड आमने सामने हुनेछन् ।

समुह डी अन्तरगत भोल्गोग्राडमा नेपाली समय अनुसार राति पौने ९ बजे हुने समूहको दोस्रो खेलमा नाईजेरीया दबाबमा हुने छ । पहिलो खेलमा क्रोएसियालाई २ – ० को नतिजा सुम्पिएको नाईजेरिया आजको खेलमा आइसल्याण्डबिरुद्ध जीत हात पार्न नसके प्रतियोगिताबाट बाहिरिने संघारमा पुग्ने छ ।

यता दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौति दिदैँ खेलमा १ १को बराबरी गरेको आईल्याण्ड पहिलो सहभागिता स्मरणीय बनाउन चाहन्छ ।

तेस्रो खेलमा राति पौने ११ बजे सर्वीया र स्वीजरलेन्डबीच प्रतिस्पर्धा हुनेछ ।

उता, विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन बनेको छ । समूहको दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएसँगै उपाधि दावेदार मानिएको लेटिन अमेरीकी टोली अर्जेन्टिना बाहिरिने संघारमा पुगेको छ ।

अन्तिम खेलमा अर्जे्न्टिनाले आगामी मंगलबार नाईजेरियासँग खेल्ने बाकीँ छ । उक्त खेलमा लियोनल मेस्सीको टोली जारी विश्वकपमा पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि समूहको पहिलो चरणको खेलमा अर्जे्न्टिनालाई आईसल्याण्डले १÷१ गोलको बराबरीमा रोकेको थियो । उता अर्जे्न्टिनालाई हराउँदै क्रोएसिया भने अन्तिम १६ मा पुग्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ