मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरियाे, पोर्चुगलले मोरक्को १-० ले विजयी

मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरियाे, पोर्चुगलले मोरक्को १-० ले विजयी

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

६ असार, काठमाडौं । मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

पोर्चुगलले मोरक्कोलाई १-० ले हराएसँगै मोरक्को बाहिरिएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।

उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आˆनो नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।

पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ