५ असार,काठमाडौँ । रुसमा जारी विश्वकप फुटवल प्रतियोगितामा सहभागी साउदी अरेबियाका खेलाडी सवार विमानमा आगलागी भएको छ ।
विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका विमानमा आगलागी भएको हो । विमानमा खेलाडी तथा खेल पदाधिकारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
विमानको इन्जिनमा आगलागी भएपनि सबै सुरक्षित रहेको बताइएको छ । आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ । विमानमा लागेको आगलागीलाई साउदीले सानो दुर्घटना भएको बताएको छ ।
विमानमा लागेको अागोबाट कसैलाई केही नभएकोले साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ । समूह ‘ए’ मा रहेको साउदी अरेबिया उघटन खेलमा आयोजक रुससँग पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline