विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

  • मङ्लबार, असार ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी, असार ५ ।
रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज राति पनि तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कोलम्बियाले जापानको सामना गर्नेछ ।

यी दुइ टोली बीचको खेल नेपाली समय अनु्सार पौने ६ बजे पछि सुरु मोर्डाेभिया एरिना स्टेडियमा हुनेछ । पछिल्लो समय उपाधि दाबेदारको रुपमा हेरिएको कोलम्बियालाई जापानको चुनौति छ ।

आजैराति पौने ९ बजे स्पार्कटक स्टेडियम मस्कोमा पोल्यान्डविरुद्ध सेनेगल मैदान उत्रदैछ । दुई टोलीबीचको खेललाई रोबर्ट लेवान्डोस्की र साडियो मेनबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ ।

यस्तै आजै राति हुने तेस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । यी दुइ टोलीबीचको खेल पौने १२ बजे पछि सेन्टपिटर्सवर्ग स्टेडियममा हुनेछ ।

रुस यो खेलमा पनि जित हात पार्दै प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ । यस अघि गएराति भएका खेलमा बेल्जियम, स्विडेन र इंङल्याण्ड विजयी भएको छ ।

स्विडेनले कोरियामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो भने बेल्जियमले पानामा विरुद्ध ३–० को जित निकालको हो । यस्तै इंङल्याण्डले भने ट्युनिसियालाई २–१ ले पराजित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ