काठमाडौ ३ असार ।
रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेल हुदैछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ ।
यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।
चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोस्थित लुझ्निकी रंगशालामा राति पौने ९ बजे सुरु हुनेछ ।
आजै राति पौने १२ बजे एरिना रंगाशालामा ब्राजिल र स्विट्जरल्याण्डबीचको खेल हुनेछ ।
पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ ।
फिफा वरियताको छैटौं स्थानमा रहेको स्विट्जरल्यान्ड र दोस्रो स्थानमा रहेको ब्राजिलबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
यसअघि गएरातिको खेलमा अफ्रिकी मुलुक नाइजेरियालाई पराजित गर्दै क्रोएसियाले विजयी सुरुवात गरेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको हो ।
खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोल लुका मोड्रिचको गरेका थिए । ३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेका हुन् ।
नाइजेरियाले क्रोएसियालाई खेलभरी नै दबाब दिएको थियो । यसअघि सम्पन्न समूह ‘डी’को पहिलो खेलमा अर्जे्न्टिनालाई आइसल्यान्डले बराबरीमा रोकेको छ ।
पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डले दुईपटकको विश्वकप विजेता अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेको हो ।
अर्जेन्टिनाले खेलको १९औं मिनेटमा सर्जियो अग्युरोको गोलमार्फत् अग्रता लिएको थियो । तर, २३ औं मिनेटमा आइसल्यान्डका लागि अल्फ्रेड फिनबोग्सनले गोल गर्दै खेललाई बराबरीमा र्पुयाए ।
खेलको ६४औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान लियोनल मेसीले सदुपयोग गर्न नसकेपछि अर्जेन्टिना विश्वकपको ‘डेब्यु’ टिमसँग अंक बाँड्न बाध्य बनेको हो ।
मेसीको पेनाल्टी प्रहारलाई आइसल्यान्डका गोलरक्षक हालडोर्सनले रोकेका थिए ।