विश्वकप खेलिरहेका रोनाल्डोलाई दुई वर्षको जेल सजाय

विश्वकप खेलिरहेका रोनाल्डोलाई दुई वर्षको जेल सजाय

  • शनिबार, असार २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२ जेठ,काठमाडौं । रुसमा जारी विश्वकप खेलिरहेका पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।रियल म्याड्रिडमा खेलिरहेका रोनाल्डोमाथी स्पेनमा कर छलीको अभियोगमा उनलाई दुई बर्षको जेल सजाय सुनाईएको हो ।

स्पेनिश पत्रिका एल मुण्डोले जनाए अनुसार स्पेनको कर अधिकारीहरुले २ अर्ब ३३ करोड २६ लाख रुपैंया जरिवना गर्नुका साथै दुई बर्षको जेल सजाय सुनाएका छन् ।

विश्वकप खेल्न रसियामा रहेका रोनाल्डोले यो बिषयमा कुनै किसिमको प्रतिक्रिया दिएका छैनन् । पत्रिकाका अनुसार रोनाल्डोले जेल जान स्विकार गरेको जनाएका छन् । स्पेनिक कर कानून अनुसार दुई बर्ष भन्दा कम जेल सजाय भएका ब्यक्तिलाई जेल मिनाह वा कुनै पनि बेला आफ्नो अनुकुलता अनुसार जेल जान पाउने सुविधा रहेको छ ।

यस्तो अवस्थामा पहिलो पटक गरेको गल्ती मानेर जेल मिनाह पनि दिन मिल्छ । तर रोनाल्डोको हकमा कुन नियम सक्रिय हुन्छ भन्ने बिषयमा कर अधिकारीहरु यकिन हुन सकेका छैनन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ